नवीन विद्यार्थी क्लबद्वारा रंगशाला निर्माणका लागि आर्थिक सहयोग संकलन अभियान सुरु

प्रकाशित मिति:

बुटवल – मनवीन औद्योगिक कदर बहादुर रिता माद्यामिक बिद्यालयको मातहतमा रहेको नवीन विद्यार्थी क्लब (विद्यार्थीद्वारा ) सिताराम कट्टेल ‘धुर्मुश’ र कुन्जना घिमिरे ‘सुन्तली’को अगुवाइमा भइरहेको रंगशाला निर्माण सहयोगका लागि रास्ट्र निर्माणमा तपाइँ हाम्रो साझा अभियान ” लेखिएको नारा सहित सात दिने आर्थिक सहयोग संकलन अभियान आयोजना हुने भएको छ।

मिति २०७७/१२/२२ आइतबार देखी सुरु हुन लागेको उक्त अभियान २०७७/१२/२८ गते शनिबार सम्म हुने अभियान संयोजक हेमन्त खनालले जानकारी दिए।”अभियानमा हामिले विभिन्न ठाउँमा गहि उक्त स्थानको स्थानीयहरु अर्थिक सहयोग रकम संकलन गरिनेछ । आइतबारदेखि हुने भनेको अभियानको समय तालिका पनि सार्वजनिक भएको जानकारी दिनु भएको छ ।

क्लबका अध्यक्ष नेपाल बताउछन ” अभियान सुरु गर्नु भन्दा पहिले कुमार कट्टेल (जिग्री) सँग कुरा भएको र अभियानमा गर्नु पर्ने साथ र सहयोग उहाँहरूको तर्फबाट पनि रहेको जानकारी दिनु भयो। उक्त अभियान बाट पनि हामीले देशको लागि केही गर्ने मौका पाहुन्छौ । हामी विद्यार्थी द्वारा सुरु गरिएको अभियानमा सबैले सक्दो सहयोग गर्नुछ भने अपेक्षा रहेको बताए । मेचीमहाकाली अभियानमा हिडेका धुर्मुस चैत्र २५ गते बुटवल आउने र उक्त अभियानमा सामेल गराउने नेपालको भनाइ ।