अटिजम केयर सोसाइटी लुम्बिनीको साधारण सभा सम्पन्न

प्रकाशित मिति:

चैत्र २१ गते
बुटवल । अटिजम केयर सोसाइटी लुम्बिनीको आज तेस्रो बार्षिक साधारण सभा बुटवलमा सम्पन्न भएको छ । साधारण सभामा अध्यक्ष डा. सतिश रुपाखेतीले २०७४ सालमा स्थापना भएको यस सस्थाले हाल सम्म गरेका कार्यक्रम एबम आगामी कार्यक्रम को प्रतिवेदन र कोषाध्यक्ष धुर्ब पाण्डेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।
कार्यक्रममा अध्यक्ष डा. सतिश रुपाखेतीले अटिजम प्रभावित बालबालिका र उनीहरुको अभिभावक हरुलाई विभिन्न तालिम र सचेतना कार्यक्रम गर्दैआएको साथै यसलाई निरन्तर लैजाने रहेको बताउनु भयो । साधारण सभामा सचिब कृष्ण अधिकारीले सस्थाले गरेका गतिविधिको जानकारी गराउनु भयो । भने सस्थाका बरिस्ठ उपाध्यक्ष मधु प्रसाद अर्याल र सस्थापक सदस्य डिक बहादुर पाण्डेले हालसम्म सस्थाले गरेको कामको प्रसंसा गर्दै आगामी दिनमा थप उत्कृस्ट काम गर्ने अपेक्षा राख्नुभयो । कार्यक्रम सस्थाका अध्यक्ष डा. सतिश रुपाखेतीको अध्यक्षयता रहेको, उपाध्यक्ष गीता श्रेष्ठले स्वागत मन्तब्य राख्नुभएको र सचिब कृष्ण अधिकारीको संचालनमा कार्यक्रम सम्पन्न भएको छ ।