यस्तो कार्यमा ढिलाइ गर्नुहुँदैन हेर्नुहोस् नीति वचन

प्रकाशित मिति:

अतिदीर्घसूत्रः सत्कार्येह्यसत्कार्येचिरक्रियः । न तद्भार्यापुत्रमित्रच्छिद्रदर्शीकदाचन ।। – शुक्रनीति, २।६१ उत्तम कार्य चाँडै गनुृपर्छ भने असत्कार्यमा विलम्ब गर्नु उचित हुन्छ । यसैगरी स्वामी, पत्नी, पुत्र र मित्रमा कहिल्यै पनि छुद्र वचन लगाउनु हुँदैन । राम्रो कार्यमा ढिलाइ गर्नु हुँदैन भनिएको नै छ ‘शुभस्य शीघ्रम्’ । अर्थात् शुभ कार्य चँडै नै गर्नु पर्छ ढिलो गर्नु हँदैन । यसैगरी नराम्रो कार्य र आफूलाई अहित हुने कार्य छ भने ढिलाइ गर्नु नै उचित रहन्छ । यसैगरी आफ्नो पति वा स्वामी वा मालिक, पत्नी, छोराछोरी र साथीलाई कहिल्यै पनि तुच्छ वचन लगाउनुहँदैन । यस्ता व्यक्तिमा सदा मीठो बोलीवचनको प्रयोग गर्नु नै श्रेयस्कर हुन्छ भन्ने नीति वचन मननीय छ । –नारायणप्रसाद निरौला, ज्योतिषाचार्य– हरेकपलवाट