यज्ञोदयमा खनाल समुहको जीत

प्रकाशित मिति:

महेन्द्र गौतम- चैत्र २२, फर्साटिकर- बुटवल । यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसको क्याम्पस सञ्चालक समितिमा रमेश खनाल समूहको प्यानल नै निवार्चित भएका छ । समितिको नयाँ नेतृत्वका लागि शनिवार सम्पन्न निर्वाचनमा ५१४ मत प्राप्त गर्दै खनाल अध्यक्षमा निवार्चित भएका हुन् । उनका निकटतम प्रतिद्धवदी गोबिन्द घिमिरेले ३२० मत प्राप्त गरेका थिए ।

यस्तै उपाध्यक्षमा नवलराज शर्मा भट्टराई, कोषाध्यक्षमा रोमाकान्त अधिकारी, खुल्ला सदस्यमा केशव राज अधिकारी, अर्जुन कुमार थापा क्षेत्री, धनराज कंडेल, पल्टन चौधरी, बाबुराम खरेल, नन्द बहादुर क्षेत्री, राम प्रसाद पाण्डेय, विजय विक्रम टण्डन, भक्तिराम सापकोटा, पोषराज खनाल, क्या। प्रेम बहादुर क्षेत्री, प्रेम नारायण शर्मा, नीर बहादुर राना मगर, ऋषिराम पाठक, महिला सदस्यमा शोभा कुमारी आले, लेखा समिति संयोजकमा खुमलाल पौडेल, लेखा समिति सदस्य बाल बहादुर नेपाली, टोल प्रसाद राना मगर निवार्चित भएका छन् ।

क्याम्पसको नेतृत्वका लागि कांग्रेस, नेकपा माओबादी केन्द्र, जनता समाजबादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी मिलेर संयुक्त समावेशी र नेकपा एमालेको प्रगतिशिल गरि दुई प्यानल चुनाबी प्रतिस्पर्धामा रहेका थिए । खनाल संयुक्त समावेशी र घिमिरे प्रगतिशिल प्यानलका हुन् । प्रगतिशिल प्यानलबाट उपाध्यक्षमा नवलराज शर्मा भट्टराई र सदस्य भक्तीराम सापकोटाले मात्रै जितेका छन् ।

थप समाचार