स्याङ्जाका शिक्षकहरुले गरे गित सार्बजनिक

प्रकाशित मिति:

सबिन डोटेल । काठमाण्डौँ – स्याङ्जाका शिक्षकहरुले शिक्षण पेशा सहित सामुहिक दोहोरी गीत निर्माण तथा साङ्गितिक यात्रा सुरु गरेका छन। गित छोटो समयमा निकै चर्चामा रहेको छ । सामूहिक रुपमा निर्माण भएको गितको टुक्का tiktok मा समेत धेरै को रोजाईमा रहेको छ।

कोहीले थेगो बनाए, कोहीले भाका बनाए, कोहीले शब्द लेखे त, केहीले निर्माणमा सहकार्य गरे । अनि बन्यो, ‘रातो कम्मल’ । चापाकोट नगरपालिका अन्तरगत गंगालाल मा।वि। चापाकोटमा कार्यरत ५ शिक्षक र जनजागृती मावि चापाकोटका प्रध्यानाध्यापकको संयुक्त प्रयासबाट बनेको गीत माया प्रेममा आधारित छ ।

शिक्षक रामचन्द्र न्यौपाने सहित उत्तम अधिकारी र दुर्गा प्रसाद कोईराला शब्द लेखनमा कस्सिए रेकर्ड भन्ने आफ्नै सहकर्मीले गीत गर्ने भनेपछि शिशिर आचार्य ,रघुनाथ भट्टराई र गौरब भट्टराई ले निर्माणमा सहयोग गर्ने वातावरण बनाए । त्यसपछि निर्माताको टिम नै ६ जनाको बन्यो । उत्तम तनहूँ गजरकोटका हुन् भने अन्य स्याङजाकै हुन् ।
शिक्षकहरुको इच्छा र एकताले गर्दा दोहोरी गीत ‘रातो कम्बल’ तयार बनेको हो । गीतमा सुनिता बुढा क्षेत्री र विश्व विनोदले स्वर दिएका छन् । सुनिता लोक बजारमा चलेकी गायिका हुन।

गीतको भिडियो छायांकन काठमाण्डौँको टोखा क्षेत्रमा गरिएको हो। प्रकाश बस्नेतको निर्देशनमा छायांकन गरिएको गीतमा करिश्मा ढकाल र संजिव सिंह ठकुरीले स्कृन शेयर गरेका छन् । रुपेश श्रेष्ठको कोरियोग्राफी रहेको भिडियो सहित भाबना म्युजिक सोलुसन मार्फत बजारमा गित सार्बजनिक भएको निर्माण पक्षका शिक्षक शिशिर आचार्यले जनाएका छन ।