लायन्स क्लब बुटवल देउरालीमा पौडेल

प्रकाशित मिति:

बुटवल, २२ चैत । लायन्स क्लब अफ बुटवल देउरालीको पांचौं अधिवेशनबाट वर्ष २०२१।२२ को अध्यक्षमा ज्ञानप्रसाद पौडेल निर्वाचित भएका छन् । क्लबको २५ सदस्यीय कार्यसमितिको प्रथम उपाध्यक्षमा रमेश पाण्डे, द्वितिय उपाध्यक्ष दिपक पन्थी, तृतीय उपाध्यक्ष विष्णुप्रसाद अधिकारी, सचिव कृष्णप्रसाद भण्डारी, कोषाध्यक्ष माधवराज पोखरेल निर्वाचित भएका छन् ।

यस्तै सहसचिवमा मोहनीलाल रिजाल, सहकोषाध्यक्षमा यमप्रसाद बस्याल,मेम्बरसीप डाइरेक्टरमा अर्जुन पाण्डे,टेल टुइस्टरमा लाल प्रसाद बस्याल,टेमरमा राजुकुमार गुपता र पिआरओमा ललित पाण्डे चयन भएका छन् । क्लबको डाइरेक्टरहरुमा मनोहर न्यौपाने,रामप्रसाद गैरे,जीवनलाल पौडेल,मातृका प्रसाद अधिकारी, टोपकान्त बेल्बासे, बाबुराम भुसाल, भिमलाल अधिकारी, विष्णुप्रसाद पाण्डे, मनिराम पौडेल, मधु गौतम, ओमप्रसाद भट्टराई,केशव शर्मा बन्जाडे र खगेश्वर पाण्डे रहेका छन् ।

कार्यक्रममा लायन्स क्लबका जोन चेयरपर्सन गणेशप्रसाद भट्टराई,रमेशप्रसाद पाण्डे,विष्णुप्रसाद अधिकारी र रामप्रसाद गैरे लगायतले मन्तव्य राखेका थिए । ५० जना सदस्य रहेको क्लबले रक्तदान,बृक्षारोपण,अनाथ असहायलाई सहयोग लगायतका सामाजिक काम गर्दै आएको र आगामी वर्ष थप सामाजिक काम गर्ने अध्यक्ष पौडेलले बताए ।