ठुलापोखरा सम्पर्क समाजको साधारणसभा सम्पन्न–बिभिन्न विधामा सम्मान

प्रकाशित मिति:

अर्घाखाँची ठुलापोखरा सम्पर्क समाज रुपन्देहीको दशौ बार्षिक साधारणसभा सम्पन्न भएको छ । अर्घाखाचीको साबिक ठुलापोखरागाबिस वाट बिभिन्न पेसा व्यावसायको सिलसिलामा बुटवल र यस आसपासमा बसोवास गर्ने व्यक्तिहरुको साझा संस्थाको रुपमास्थापित सस्थाको सनिवार एक भब्य समारोहका बीच बुटवलमा साधारण सभा तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो । दशौ साधारण सभाको अवसरमा समाजले बिभिन्न विधामा सम्मान समेत गरेको छ ।कार्यक्रममा समाजका ७० वर्ष माथिका जेस्ठ नागरिकहरुलाई समान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यस्तै गत वर्षको एसइइ परिक्षा र १०+२ मा उत्कृस्ट अंक ल्याउने बिद्यार्थीहरु लाई नगद र प्रमाणपत्रले सम्मान गरिएको थियो । सोहि कार्यक्रममासारीरिक अपाङ्गता भएका सिक्षक कृष्णप्रसाद पौडेललाई पनि समाजले स्थापना गरेको अक्षयकोष वाट नगद र दोसल्लाले सम्मान गरिएको थियो ।

समाजले हरेक वर्ष एसइइ परिक्षामा उत्कृस्ट अंक प्राप्त गर्ने छात्र छात्राहरुलाई कृष्णप्रसाद पाण्डे अक्षयकोष र सामाजको तर्फवाट साथै १०+२ मा उत्कृस्ट अंक प्राप्त गर्ने छात्र छात्रालाई ढकलाल बन्जाडे अक्षयकोष र समाजको तर्फवाट सम्मान गर्ने गरेको छ । त्यस्तै समाजले हेरक वर्ष साधारणसभामा सारीरिक रुपमा अपाङ्गता भएका पुर्व सिक्षक कृष्णप्रसाद पौडेलको नाममा स्थापना गरेको अक्षयकोष वाट सहयोग गर्दै आएको छ ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थ महिला तथा बाल अस्पताल बुटवलका मेडिकल प्रमुख बरिस्ट प्रसुती रोग बिसेसज्ञ डाक्टर राजेन्द्रप्रसाद बस्यालले समाजले गरेका कामहरुको प्रसंसा गर्दै ठुलापोखारामा महिला तथा प्रसूतिको स्वास्थ्य सिविर संचालन गर्न सहयोग गर्ने प्रतिबद्दता व्यक्त गर्नुभएको थियो । केरुंगा समाजका अध्यक्ष डाक्टर खिमानन्द पाण्डे,चिदिका सम्पर्क समाजका केशबराज पन्थी,डिभर्ना समाजका मित्रहरी आचार्य लगायतले बोल्दै ठुलापोखरा सम्पर्क समाजको कार्यको प्रसंसा गर्दै आपसी सहयोग आदानप्रदान गर्ने बताएका थिए ।

कार्यक्रममा समाजका सल्लाहकार रामनाथ पाण्डेले कृषक हरुलाई प्रोत्साहन गर्न यो वर्षदेखि एक लाख रुपैयाको अक्षयकोष स्थापना गर्न सहयोग गर्ने घोषणा गर्नुभएको थियो । सो अक्षयकोष वाट ठुलापोखारामा रहेर कृषि कर्म गर्ने उत्कृस्ट कृषक छनोट गरि आगामी वर्ष देखि सम्मान गरिने समाजले जनाएको छ . साधारण सभामा अध्यक्ष गणेशप्रसाद भट्टराई र कोशाध्यक्ष रिखिराम भट्टराईले प्रस्तुत गरेकाअध्यक्षर कोशाध्यक्षको प्रतिवेदन सर्वसम्मत पारित भएको थियो । समाजका अध्यक्ष गणेसप्रसाद भट्टाराईको अध्यक्षता ,कार्यक्रम संयोजक तथा सहकोषाध्यक्ष सुरेशचन्द्र भट्टाराईको स्वागत,उपाध्यक्ष ज्ञानप्रसाद पौडेलको धन्यवाद तथा सचिब टिकाराम बन्जाडेको संचालनमा सम्पन्न कर्यक्रममा बरिस्ट उपाध्यक्ष नेत्रप्रसाद पाण्डे ,संस्थापक अध्यक्ष राजेन्द्र पाण्डे,पुर्व अध्यक्ष् रामप्रसाद बन्जाडे,निवर्तमान अध्यक्ष भोजराज पाण्डे,सल्लाहकार कृष्णप्रसाद पाण्डे,सिता भट्टराई ,विष्णुप्रसाद पाण्डे लगायतले बोलेका थिए ।