मुस्लिम युवा क्लबद्वारा रक्तदान सम्पन्न

प्रकाशित मिति:

बुटवल – मुस्लिम युवा क्लब बुटवलद्वारा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । पहिलो रक्तदान कार्यक्रम लेविश लन्ज एण्ड बार गोलपार्कमा सम्पन्न गरिएको हो ।

जमिर मियाको संयोजनमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । संयोजक मियाले आगामी दिनमा यस्तै समाजिक कार्यमा हामी लागि पर्ने बताउनु भएको थियो । साथै यस कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिनु भएको थियो ।

क्लबका संस्थापक अध्यक्ष मोहम्मद सलमानले मुस्लिम समुदायलाई प्रतिनिधित्व गर्ने यो क्लब मार्फत हामी अझै थुप्रै कार्यक्रमका साथ आउने बताएका थिए । बिगतका दिनमा क्लबलाई आर्थिक तथा भौतिक सहयोग गर्ने सबै प्रती कृतज्ञता गर्नुभएको थियो । कार्यक्रममा ६० पोइन्ट रगत संकलन भएको थियो ।