जेसिज अभियान्ताको जन्मदिनले ल्याएको साइला दाइको उपचार।

प्रकाशित मिति:

स्याङ्जा- सामाजिक अभियान्ता भन्ने बित्तिकै समाज रुपान्तरणमा कृयाशिल र कटिबद्ध ब्यक्ती भनेर बुझिन्छ हो यहि परिभाषाका पर्तिरुप बनेका छन गल्याङ जेसिज परिवार र जेसि साधना न्यौपाने । स्याङ्जाको गल्याङ नगरपालिका वडा न ३ ललेङ छर्तिमा लामो समय देखि एक्लै रहेका ८१ बर्षिय अति बिपन्न र असहाय बल बहादुर थापा साइला दाइ लाई गल्याङ जेसिजका कोषाध्यक्ष साधना न्यौपानेको जन्मदिनको अवसरमा खाद्यान्न सहयोग गरिएको छ।

जन्मदिनको अवसरमा चामल,दाल,नुन फलफुल र कपडा सहयोग गरिएको हो। बिगत लामो समय देखि उनी खुट्टाको गम्भीर चोट बाट समेत ग्रसित छन ।बिहान बेलुका खानाको समेत समस्या भएको अबस्थामा गल्याङ जेसिज मार्फत साधना न्यौपानेले गरेको सहयोग अतुलनीय रहेको र आफू धेरै खुशी र कृतज्ञ रहेको बल बहादुरले बताए। ूमलाइ यस्तो अबस्थामा देखेर कोहि त आयो सहयोग को लागि ,उनी भावुक थिएसाथै आजै गल्याङ जेसिजका तालिम आयुक्त नेत्र अर्यालको सहजीकरणमा गल्याङ नगर अस्पतालका डाक्टर निरन्जन चौधरीको टोलिले घरमै उपचार थालेको छ।

उपचार गर्न समेत पैसा नभएर घरमै थलिएका र खाना को समेत प्रबन्ध हुन नसकेको बल बहादुर साइला दाइको उपचारमा गल्याङ जेसिज लागिरहने सस्थाका कार्यकारिणी उपाध्यक्ष ज्ञानेन्द्र पाठकले बताए। समाज परिवर्तनको सपना बोक्ने जो कोहिले पनि सामाजिक रुपान्तरणका लागि असहाय अशक्त गरिवहरुलाइ सहयोग गर्नु पर्ने भन्दै उनले हरेक अशक्त असहायको ओठमा खुशी भर्न सक्नु नै महत्वपूर्ण कदम हुने बताइन् ।