पत्रकार महासंघको नेतृत्वमा पुनः हरि शर्मा

प्रकाशित मिति:

परासी, चैत २६ ।

नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीको अध्यक्षमा पुनः हरि शर्मा विजयी हुनुभएको छ । बुधबार भएको निर्वाचनको मतपरिणाम अनुसार अध्यक्ष पदमा पुनः शर्मा विजयी हुनुभएको हो ।

उहाँले आफ्ना प्रतिस्प्रर्धि नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रिय सदस्य पुरुषोत्तम सुवेदीलाई ७ मतको अन्तरले पराजीत गर्नुभएको हो । कुल खेसेको ८९ मत मध्य शमाले ४८ मत प्राप्त गर्नुभयो भने प्रत्यासी सुवेदीले ४१ मत प्राप्त गर्नुभयो ।

यसैगरि उपाध्यक्षमा अनिल यादव शर्मा विजयी हुनुभएको छ । विजयी यादवले ३८, इन्द्र कुमार रेग्मीले ३० र उमाकान्त रेग्मीले २० मत प्राप्त गर्नुभयो । यस्तै महिला उपाध्यक्षमा मातली न्यौपाने विजयी हुनुभएको छ । न्यौपानेले ५५ मत प्राप्त गर्दा प्रत्यासी विष्णु खनालले ३२ मत प्राप्त गर्नुभयो ।

यस्तै सचिवमा राजकुमार रेश्मी विजयी हुनुभएको छ । रेश्मीले ५३ मत प्राप्त गर्नुभएको छ भने प्रत्यासी सद्दाम हुसेन अन्सारीले ३६ मत प्राप्त गर्नुभयो । यस्तै कोषाध्यक्षमा प्रकाश न्यौपाने विजयी हुनुभएको छ । न्यौपानेले ६१ मत प्राप्त गर्दा प्रत्याशी धनश्याम पोखरेलले २४ मत प्राप्त गर्नुभयो ।
यस्तै सह–सचिव (खुला तर्फ) जीवन न्यौपाने विजयी हुनुभएको छ । न्यौपानेले ५५ मत र प्रत्यासी रविन शर्मा चापागाँईले ३२ मत प्राप्त गर्नुभयो ।

यस्तै सह–सचिव (समावेशी) तर्फ श्याम बुचा मगर विजयी हुनुभएको छ । मगरले ५८ मत र प्रत्यासी जितेन्द्र गुप्ता तेलीले २९ मत प्राप्त गर्नुभएको छ । यसैगरि सदस्य (आदिवासी जनजाती) तर्फ आरती रानाले ५५ मत प्राप्तगरि विजयी हुनुभएको छ । प्रत्यासी राज चौधरीले ३३ मत प्राप्त गर्नुभयो । सदस्य (दलित) तर्फ इन्दिरा वि.क. ५० मत प्राप्तगरि विजयी हुनुभएको छ । प्रत्यासी उमेश वि.क.ले ३८ मत प्राप्त गर्नुभयो । सदस्य (मधेशी) तर्फ अनिल यादव ४९ मत प्राप्तगरि विजयी हुनुभएको छ । उहाँका प्रत्याशी नन्दु प्रसाद यादवले ३० मत प्राप्त गर्नुभयो ।

यसैगरि सदस्य (खुला) सदस्य तर्फ विकास अधिकारी ५३, गौरिशंकर जयसवाल ४९ मत र दिपक खनाल ४६ मत प्राप्त गरि विजयी हुनुभएको छ । प्रत्याशी पप्पु रेग्मी ३०, रविन्द्र यादव ३०, मुक्तिनाथ तिवारी २९, सञ्जिव कोइराला २७, धुव्रनारायाण बानिया ३४, प्रदिप पाठक २१, संजय तिवारी र संजय कुशवाहाले १०–१० मत प्राप्त गर्नुभएको छ ।

राष्ट्रिय/केन्द्रिय परिषद सदस्य खुला तर्फ टिकाराम गैरे ४७ मत प्राप्तगरि विजयी हुनुभएको छ । उहाँका प्रत्यासी गोपी ज्ञवालीले ३६ मत प्राप्त गर्नुभयो । निर्वाचित कार्य समितिको कार्यकाल दुई वर्षको हुनेछ । निर्वाचित सबै सदस्यहरुलाई विहिबार नै एक कार्यक्रमकाबीच प्रमाण पत्र हस्तान्त्रण गरिएको छ ।

कार्यक्रममा प्रतिवद्धत्ता मन्तव्य नव निर्वाचित अध्यक्ष हरि शर्माले र शुभकामना मन्तव्य पूर्व सभापति केशव पराजुलीले व्यक्त गर्नुभएको थियो । पत्रकार महासंघ पश्चिम नवलपरासीको निर्वाचन आयुक्तको रुपमा कुल प्रसाद शर्मा, सदस्यहरुमा बाबुराम खड्का र धन शर्मा जैसी रहनुभएको थियो ।