नेपाली कांग्रेस सोलुखुम्बु सम्पर्क समिति न्युयोर्कको अन्तरकृया

प्रकाशित मिति:

अमेरीका \ नेपाली कांग्रेस सोलुखुम्बु जिल्ला सम्पर्क समिति न्युयोर्कको आयोजनामा न्युयोर्कमा राजनैतिक र आर्थिक सम्बन्धमा अन्तरक्रिया कार्यक्रमका साथ जलपानको कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको नेपाली जनसम्पर्क समिति अमेरिकको पूर्व संस्थापन उपध्यक्ष तथा वर्तमान नेपाली जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय सल्लाहाकार मिङमार शेर्पाले गरेको सभापतित्व तथा सफल युवा उद्यमी, सामाजिक अभियनता नेपाल उधोग वाणिज्य संघका केन्द्रीय निर्यात प्रवद्र्धन का सभापति तथा नेपाली काँग्रेसका युवा नेता गत प्रतिनिधी सभा निर्वाचनमा सोलुखुम्बु जिल्ला क्षेत्र १ बाट प्रदेश सभाको प्रत्यासी प्रकाश सिंह कार्कीको प्रमुख अथितीयामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमका बिशेष अथितीहरूमा नेपाली जनसम्पर्क समिति अमेरिकको केन्द्रीय सल्लाहाकार, पूर्व नेपाल शिक्षा संघको केन्द्रीय उपध्याक्ष तथा लुम्बिनी बिकास कोषको सदस्य श्री आङ दावा शेर्पा, वर्तमान नेपाली जनसम्पर्क समिति बिश्व संजालको अध्यक्ष  बिष्णु सुवेदी नेपाली जनसम्पर्क समिति अमेरिकको केन्द्रीय महासचिव श्री मुनेन्द्र नेवाङ तथा अथितीहरू शेर्पा किदूक अमेरिकको महासचिव तेण्डी शेर्पा नेपाली कांग्रेस सोलुखुम्बु सल्लेरीको गाबिसका पूर्व अध्यक्ष श्री रिन्जी पासाङ लामा, NRN-NCC को केन्द्रीय सल्लाहाकार नेदेन डोङला शेर्पा, NRN-NCC को बोर्ड सदस्य निमा ग्याल्जेन शेर्पा, नेपाली जनसम्पर्क समिति न्युयोर्क च्याप्टरको महासचिव श्री अमर तमाङ, शेर्पा बरिष्ठ पत्रकार आङ छिरीङ शेर्पा लगायतको उपस्थीती रहेको थियो । कार्यक्रमको स्वागत नेपाली जनसम्पर्क समितिका अमेरिकाको कोषध्यक्ष विजय कुमार थुलुंगले गर्नु भएको थियो । नेपाल शेर्पा बिधार्थी मंन्चको पूर्व अध्यक्ष तथा नेका सोलुखुम्बुको विधार्थी नेता आङ छिरीङ शेर्पाले कार्यक्रम संचालन गर्नु भएको थीयो । साथै शेर्पा संघ अमेरिकाको महासचिव तथा पुर्व जनसम्पर्क समिति न्युयोर्क च्यापटरका सचिब फुर्वा सेर्पा लगायतले आफनो भनाई राख्नु भएको थियो ।
उक्त कार्यक्रम सोलुखुम्बु तथा विभिन्न जिल्लाका पहुनाहरूको बाक्लो उपस्थितीका माझ सम्पन्न भएको थियो र कार्यक्रममा मन्तव्य राख्ने क्रममा बिभिन्न वक्तहरुले प्रतिनिधी सभा निर्वाचन, संघिया निर्वाचन तथा स्थानिय निर्वाचनमा नेपाली कांग्रेस पार्टी सोलुखुम्बु जिल्लाको पराजय लगायत सोलुखुम्बु जिल्लाको वर्तमान राजनैतिक अवस्था, नेपालको वर्तमान राजनैतिक परिस्थिति र सुधार आर्थिक बिकास र समृद्धी तथा विविध विषयहरूमा केन्द्रीत रही गहन छलफल गर्नुका साथै प्रमुख अथिती प्रकाश सिह कार्कीले विकास र समृद्धीका लागी आफुले बुझेका र सिकेका सबै अनुभावहरु जिल्ला र जिल्लाबासीलाई समार्पित गर्ने बचन दिदै सोलुबासीहरुलाई नेपाल फर्केर आई आफुले बिदेशमा सिकेको ज्ञान, सिप र सम्पति आफ्नै स्वादेशमा लगानी गर्न समेत आग्रह गर्नु भएको थियो कार्कीले आफु पदको लागी नभै जनताको सेवा गर्ने बिचारले आगडि बडी सकेको र सोलुखुम्बु फर्केर आउनेहरुलाई व्यापार र ब्यावसाय गर्न राम्रो वातावरण तय गर्न आफ्नो तर्फबाट दिन सक्ने सहायोगहरु गर्ने बचन पनि व्यक्त गर्नु भएको थियो