शैक्षिक संस्था बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

प्रकाशित मिति:

काठमाडौं, चैत २७ ; कोरोनाभाइरस संक्रमण थप बढ्न सक्ने भन्दै विद्यालयलगायत भीडभाड हुने क्षेत्र बन्द गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गरेको छ।दोस्रो लहरको कोरोनाभाइरस महामारी आएको र यो थप फैलन सक्ने भएकोले सावधानी अपनाउनका लागि विद्यालयलगायत भीडभाड हुने क्षेत्र बन्द गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

केही महिनादेखि विद्यार्थीको उपस्थितमा विद्यालय र क्याम्पसमा पढाइ हुँदै आएको छ। विद्यालयलगायत भीडभाड हुने अन्य क्षेत्र सिनेमा हल, रेन्टुरेन्ट, पार्टी प्यालेस बन्द गर्न बुधबार नै निर्णय गरेर सिसिएमसीमा सिफारिस पठाइएको मन्त्रालयको भनाइ छ ।