विद्यालय स्तरीय तेश्रो मेयर कप तथा राष्ट्रपति रनिङ शिल सम्पन्न,लगातार तेश्रो पटक जित हासिल गरी गलकोट माविले हात पार्यो रनिङ शिल्ड ।

प्रकाशित मिति:

कौरव खत्री- बागलुङ २८ चैत्र । गलकोट नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा विद्यालय स्तरीय तेश्रो मेयर कप राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुक्रवार सम्पन्न भएको छ । कार्यक्रमको समापन समारोहमा बोल्दै प्रमुख अतिथि गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले गलकोट भलिवलको क्षेत्रमा छुट्टै पहिचान बनेकोले खेलकुदका माध्यमबाट यस क्षेत्रलाई राष्ट्र र अन्तर्राष्ट्रिय स्तर सम्म परिचित नगरपालिकाले खेलकुदको संस्थागत विकासमा जोड दिने बताउनु भयो ।साथै सोही अवसरमा राष्ट्रिय जनमोर्चा गलकोट नगरपालिकाका अध्यक्ष टंक केसीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

गलकोट नगरपालिका अन्तर्गतका २३ विद्यालयका खेलाडीहरुको सहभागिता रहेको प्रतियोगिताबाट ८ स्वर्ण, १ रजत, १ कास्य पदक प्राप्त गरी गलकोट माध्यमिक विद्यालय गलकोट नगरपालिका वडा नं। ३ हटिया प्रथम भएको हो ।
त्यस्तै २ स्वर्ण,३ रजत र ३ कास्य पदक सहित जनजागृति माध्यमिक विद्यालय गलकोट नगरपालिका ८ काँडेवास द्धितिय र २ स्वर्ण,२ रजत र ३ कास्य पदक सहित पाण्डवखानी माध्यमिक विद्यालय गलकोट नगरपालिका १० पाण्डवखानी तृतीय भएको छ ।रनिङ शिल्ड प्रतियोगितामा छात्र÷छात्रा भलिवल प्रतियोगिता,छात्र÷छात्रा हाइजप, लमजप,त्रिपलजप,सठफुट,दौड,लगायतका खेलकुद प्रतियोगिताबाट विजेता हुने विद्यार्थीहरु तथा विद्यालयलाई कप,मेडल र प्रमाण पत्र प्रदान गरिएको खेलकुद संयोजक यम बहादुर श्रीसले जानकारी दिनुभयो ।

गत चैत्र २५ गतेदेखि गलकोट माध्यमिक विद्यालय हटिया र भलिवल तालिम केन्द्र मजुवाफाँटमा संचालन भएको विद्यालय स्तरीय तेश्रो मेयर कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रवार सम्पन्न भएको हो ।
गलकोट माध्यमिक विद्यालयले लगातर तेश्रो पटक शिल्ड हात पारेको हो । प्रथम भएको गलकोट माध्यमिक विद्यालयको खेलकुद विकास गर्न गलकोट नगरपालिकाद्धारा १लाख, ५०हजारको नगद चेक हस्तान्तरण गरिएको थियो ।
गलकोट नगरपालिका सामाजिक विकास समितिका संयोजक हिम बहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन न्यू लाइफ इङलसि बोडिङ स्कुलका सहायक प्रिन्सिपल बीर बहादुर बोहोराले गर्नुभएको थियो