बस्तु रुपन्देही सम्पर्क समितिको अध्यक्षमा भुवनेस्वर

प्रकाशित मिति:

बुटवल – बस्तु रुपन्देही सम्पर्क समितीको हिजो सम्पन्न दोस्रो साधारण सभा तथा प्रथम अधिबेशन बाट भुवनेस्वर भण्डारी सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएको हो । त्यस्तै समाजको उपाध्यक्षमा टोपलाल भण्डारी , सचिबमा भानुभक्त पाण्डे , सहसचिवमा लक्ष्मी भण्डारी , कोषाध्यक्षमा सुरेश भण्डारी , सदस्यहरुमा कृष्ण प्रसाद भण्डारी , कल्पना भण्डारी , शैलेन्द्र पाण्डे , मुरारी पाण्डे , पिताम्बर भण्डारी , ढुण्डीराज भण्डारी , नारायण भण्डारी , मञ्जु भण्डारी रहनुभएको छ ।
कार्यक्रममा सचिब , कोषाध्यक्ष लगायतले आ-आफ्नो प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

शंकरनगर बनबाटिकामा सम्पन्न अधिबेशन , शाधारणसभा तथा बनभोज कार्यक्रममा धुर्कोटकै अग्रज तथा पुर्व शिक्षक युबराज भण्डारीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा अध्यक्ष भुवनेस्वर भण्डारीको अध्यक्षता सचिब भानुभक्त पाण्डेको सञ्चालन तथा टोपलाल भण्डारीको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बस्तु संग भावनात्मक सम्बन्ध रही रुपन्देहीम बसोबास गर्ने करिब ११० जनाको उपस्थिति रहेको थियो ।