ड्राइभरटोल देखी प्रकाश पौडेल बेपत्ता , खोजिदिन परिवारको अपिल

प्रकाशित मिति:

बुटवल – रुद्रपुर ०५ हरैयामा बस्दै आएका गहुगोरो बर्णका अन्दाजी ५ फुट ८ इन्च उचाई भएका २६ बर्षिय प्रकाश पौडेल मिती २०७७ चैत महिनाको २७ गते शुक्रबारका दिन  तिलोत्तमा नगरपालिका वार्ड नम्बर १ स्थित ड्राइभरटोल बाट रातको ११ बजे हराएको उनका दाइ सुनिलले सबलपोस्टलाई बताए ।
उनका साथमा मोबाइल समेत नरहेको र कहि भागेर बस्ने मनस्थितिले लुकेको भएपनी खर्च गर्नलाई पैसा नभएको बताए ।
कहि कतै प्रकासलाई भेट्टाउनु हुने वा देख्नुहुने महानुभाबले नजिकैको प्रहरी कार्यलय वा निजको दाई सुनिल पौडेललाई सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गरेका छन । सम्पर्कको लागि : ९८१३३३८७६० , ९८०१८७८९२५