गिरिजा प्रसाद कोईराला फाउन्डेशन अमेरिका च्याप्टरको दोस्रो खोप कार्यक्रम भव्यताका साथ सम्पन्न।

प्रकाशित मिति:

न्युयोर्क अमेरिका: गिरिजा प्रसाद कोईराला फाउन्डेशन अमेरिका च्याप्टरको संयोजनममा आज न्युयोर्क र आसपासमा रहनुहुने नेपाली लगायत विभिन्न समुदायका २४७ जनालाई कोभीडवाट सुरक्षित रहन भ्याक्सिन लगाउने कार्य भव्यताका साथ सम्पन्न भयो।संस्थाले क्विन्स हस्पिटल जमैकासँग समन्वय गरी यसरी खोप अभियान चलाएको यो दोस्रो वृहत कार्यक्रम हो।

सो कार्यक्रममा विहानैदेखी फाउन्डेशनका महासचिव श्री छिरीगं राप्के लामाको संयोजनमा उपाध्यक्ष श्री सुवर्ण लामा, कार्यसमिती सदस्य एवं प्रवक्ता श्री रामचन्द्र अधिकारी,कार्यसमिती सदस्य श्री सुर्य सिंखडा र कार्यसमिती सदस्य श्री ध्रुव कुँवर क्षेत्री विशेष स्वयंसेवकको रूपमा खटीनुभएको थियो। हस्पिटल प्रशासनको सौहार्दपूर्ण सहयोगमा आगन्तुकहरूलाई लाईन व्यवस्थापन गर्ने, अनलाईन प्रश्न भरीदिने, भाषिक समस्यामा सहजीकरण गर्ने लगायतका कामहरूमा फाउन्डेशनका स्वयंसेवी हरूको अहं भुमीका रहेको थियो।

फाउन्डेशनले अप्रिलको अन्तिम हप्तासम्म क्रमश हरेक शनिवारका दिन बिहान १० वजेदेखी ५ वजेसम्म यसरी नै अस्पताल सँग समन्वय गरी खोप वितरण गर्ने र सोका लागी प्रत्येक वुधवार ३ बजेसम्म संस्थावाट उपलब्ध फारम भरी फाउण्डेशनकै कार्यालय वुडसाईड न्युयोर्कमा वुझाउनुपर्ने कुरा फाउण्डेशनका महासचिव एंव भ्याक्सिन टास्क फोर्सका संयोजक छिरीगं राप्के लामाले वताउनुभयो। क्विन्स अस्पताल प्रशासनसँग सहकार्य गर्दै हरेक हप्ताको शनिवारका दिन फाउन्डेशनलाई प्राप्त ५०० जनाले सम्म एकैसाथ भ्याक्सीन लगाउन सक्नेछन, वॅंहाले वताउनु भयो।संभवत अमेरिकामा नेपाली संघ-संस्थाहरु मध्ये गिरिजा प्रसाद कोईराला फाउण्डेसन अमेरिका च्याप्टरनै पहिलो संस्था हो जसले आज सम्ममा ५०० जना भन्दा धेरैं नेपाली महानुभावहरुलाई क्वीन्स अस्पतालमा खोप लगाउन सफल भयो, प्रवक्ता श्री रामचन्द्र अधिकारी वताउनुहुन्छ।

अधिकार, शेर्पा किदुग अमेरीका र घ्याल्सुम्दो सेवा संस्था अमेरीकाको समेत सहयोगमा फाउण्डेसन द्वारा वितरित फाराम भरी नामावली संकलन गरीएको र सोही अनुसार व्यवस्थित रूपमा खोप लगाईएको कुरा यसै फाउण्डेसनका उपाध्यक्ष सुवर्ण लामा वताउनुहुन्छ।यस भ्याक्सीन कार्यक्रमको अभियानमा क्वीन्स अस्पतालमा नेपाली समुदायका लागी मात्र भनेर छुट्टै सहायता केन्द्र (Help Desk) स्थापना गरिएको छ र उक्त केन्द्रमा स्टेफन मनरो,सरोजीनी कुमार, डाक्टर राव र ग्रेगोरि माहाबी को सहयोग टोली रहेको छ।क्वीन्स अस्पतालका समुदाय बोर्ड सल्लाहकार समितीका अध्यक्ष एंव क्वीन्स डेमोक्र्याटीक डिस्ट्रीक्ट लिडर डाक्टर ऐन्थोनि ऐन्ड्रीयु जुनियरले फाउन्डेशन सँग हातेमालो गर्दै समुदाय स्तरमा सो खोप अभियान संचालन गर्न पाएकोमा प्रशन्नता व्यक्त गर्नुभयो। स्मरण रहोस डाक्टर ऐन्थोनि ऐन्ड्रीयु जुनियरकै पुर्ण सहयोगमा फाउण्डेसनको यो ऐतिहासिक पहिलो खोप कार्यक्रम अप्रीलको ३ तारिखमा सम्पन्न भएको थियो भने दोस्रो खोप कार्यक्रम अप्रीलको १० तारिखमा भव्यताका साथ क्वीन्स अस्पतालमा सम्पन्न भयो। गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका च्याप्टरले डाक्टर ऐन्थोनि ऐन्ड्रीयु जुनियर,स्टेफन मनरो,सरोजीनी कुमार, डाक्टर राव र ग्रेगोरि माहाबी लाई धन्यवाद एंव आभार प्रकट गर्दछ।