भगवती रुपन्देही सम्पर्क समाजको अध्यक्षमा लोकनाथ पाण्डे

प्रकाशित मिति:

बुटवल – अर्घाखाँची (साविक) भगवती रुपन्देही सम्पर्क समाजको हिजो सम्पन्न पाँचौ साधारण सभा तथा तेस्रो अधिबेशन बाट लोकनाथ पाण्डे सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएको छ भने निवर्तमान अध्यक्ष कुलचन्द्र पाण्डे रहनुभयको छ ।

त्यस्तै समाजको बरिस्ठ उपाध्यक्षमा तारा प्रसाद पाण्डे प्रथम उपाध्यक्षमा बाबुराम बेल्बासे महिला उपाध्यक्षमा सरिता पाण्डे , सचिबमा देवीराम पाण्डे , सहसचिवमा उमालाल घिमिरे , कोषाध्यक्षमा भागिरथ पाण्डे ,सहकोषाध्यक्षमा छविलाल पाण्डे , सदस्यहरुमा विकास पाण्डे , हरिनारायण भुसाल, गुनाखर पाण्डे , खगेन्द्र पाण्डे , कमल प्रसाद भुसाल , मुमिश्वर भट्टराई , राम प्रसाद पाण्डे , सुशील पाण्डे रहनुभएको छ ।

कार्यक्रममा निवर्तमान अध्यक्ष कुलचन्द्र पाण्डे र निवर्तमान कोषाध्यक्ष खडानन्द पाण्डे ले आ-आफ्नो प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

एसियन पार्टी प्यालेस प्रा.लि. मिलनचोकमा सम्पन्न अधिबेशन , शाधारणसभा तथा भेटघाट कार्यक्रममा साविकको (भगवती गाविस) छत्रदेव गाउँपालिका ७ नम्बर वडाका वडा अध्यक्ष सोभाखर पाण्डेको प्रमुख आतिथ्यता तथा भगवती गाविसका पुर्व अध्यक्ष ठाकुर प्रसाद मरासिनी विशिष्ट अतिथि , समाजसेवी लोकनाथ पाण्डे बिशेश अतिथ्यता मा सम्पन्न भएको कार्यक्रममा कुलचन्द्र पाण्डेको अध्यक्षता कार्यवाहक सचिब भागिरथ पाण्डेको सञ्चालन तथा संस्थापक सचीव तारा प्रसाद पाण्डे को स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

  1. कार्यक्रममा संस्थापक सदस्य टंक पाण्डे , ठुलापोखर सम्पर्क समाजका उपाध्यक्ष नेत्र प्रसाद पाण्डे , चिदिका सम्पर्क समाजका उपाध्यक्ष गिता ज्ञवाली लगायतले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रममा अर्घाखाँची भगवती संग भावनात्मक सम्बन्ध रही रुपन्देहीमा बसोबास गर्ने करिब २५० जनाको उपस्थिति रहेको थियो ।