एनआरएन अमेरिकाको बोर्ड अफ डाइरेक्टरमा सुवेदीले उम्मेदवारी दिने

प्रकाशित मिति:

पेन्सलभेनिया । ‘सकारात्मक सोंचसहित समाज परिवर्तनका लागि, नेपालीका लागी, नेपाली’ भन्ने मुल मन्त्रका साथ गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको बोर्ड अफ डाइरेक्टरमा बाबु सुवेदीले उम्मेदवारी दिने भएका छन् ।नेपालको चितवन निवासी सुवेदी अमेरिकामा आइटीको क्षेत्रमा कार्यरत छन् । उनले आफु आइटी क्षेत्रमा काम गर्ने भएकाले आउँदो चुनावमा नयाँ भिजन दिनसक्ने बताए ।

नेपालमा रहँदा सारदा नगर जेसिज लगायतका विभिन्न संघ संस्थामा क्रियाशील सुवेदी अमेरिकको डिसी एरियामा बसेर पनि उत्तिकै सामाजिक काममा सक्रिय रहँदै आएका छन् । उनले कोरोना संक्रमण तीव्र रुपमा फैलिएर अमेरिकामा लकडाउन हुँदा लकडाउनको कुनै प्रवाह नगरी नेपालीहरुलाई सहयोग गर्न तल्लिन भएका थिए ।अमेरिकामा सामाजिक अभियान्ताका रुपमा परिचित सुवेदीले आउँदो चुनावमा अमेरिकामा बसोबास गर्ने नेपालीलाई सुहाउने भिजन बनाएर दिने प्रतिवद्धता जनाएका छन् ।

उनी सबैलाई सफल व्यवसायी बनाउने योजनामा रहेको सुनाउँछन् । उनको खास योजना चाँही युवा पुस्तालाई व्यवसायी बनाउने छ । त्यसका लागि उनीसँग बेग्लै भिजन छ । उनी आफ्नो भिजन पूरा गर्न कनै कसर बाँकी नराख्ने बताउँछन् ।