सुशील काेईराला युथ साेसलिस्ट सर्कलद्वारा शुभकामना अादान प्रदान

प्रकाशित मिति:

शान्ति तिवारी
नवलपरासी
चैत्र ३१ गते
सुशिल काेईराला युथ साेसलिस्ट सर्कल सुनवल नगरकार्य समितिले आज एक कार्यक्रमको अायाेजनामा भुमहिमा नयाँ बर्ष २०७८ सालकाे पुर्व सन्ध्यामा शुभकामना अादान प्रदान कार्यक्रम सम्पन्न गरेकाे छ । कार्यक्रम सर्कलका सुनवल नगरपालिका अध्यक्ष बिसाल पाैडेलकाे सभापतित्व तथा नेपाल बिद्यार्थी संघ जिल्ला कार्यसमिति नवलपरासीका निबर्तमान सभापति दधि पाैडेलकाे प्रमुख अातिथ्यता तथा साे सर्कलका जिल्ला अध्यक्ष शिब पाण्डेकाे बिशेष अातित्यथामा सम्पन्न भएकाे थियाे । कार्यक्रममा सुनवल नगरपालिकाका युवाहरुकाे उल्लेख्य सहभागिता रहेकाे थियाे । साे कार्यक्रममा नेपाल बिद्यार्थी संघका निबर्तमान जिल्ला उपसभापति सुरज पाण्डेले नयाँ बर्षकाे शुभकामना दिदै सुनवल नगरपालिका भित्रका युवाहरु एक भएर संगठित रुपमा युवाहरुकाे ब्यक्तित्व बिकास र सामाजिक काममा लाग्न सल्लाह दिनुभयाे, साथै समाजमा भएका बिभेदहरु हटाउन लाग्नु पर्ने बताउनु भयाे। त्यस्तै सर्कलका जिल्ला सचिव तप्पन केवटले नयाँ बर्षकाे शुभकामना दिदै सुशील काेईराला युथ साेसलिस्ट सर्कल युवाहरु द्वारा युवाहरुका लागि र युवाहरुका निम्ति गठन गरिएकाेले युवाहरु एकतावद्द भै सामाजिक बिभेदहरु हटाउन लाग्नु पर्ने र साेका लागि जिल्ला कार्यसमितले हमेसा सहयाेग गर्ने बताउनु भयाे । त्यस्तै साे सर्कलका जिल्ला अध्यक्ष शिव पाण्डेले शुभकामना दिदै पुर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पुर्व सभापति तथा संबिधानका पिता स्व सुशील काेईरालाका लाेकतान्त्रिक बिचार , उहाँका भावना गाँउ गाँउमा पुर्याई युवाहरुलाई संगठित गरि लाेकतान्त्रिक पद्दतिकाे माध्यमवाट उनिहरुकाे ब्यक्तित्व बिकास गर्दै युवाहरुलाई देश निर्माणकाे मुलधारमा ल्याउन याे सर्कल गठन गरिएकाे र यस्का लागि याे सर्कल सुनवल नगरपालिका मा सुचिकृत गरि युवाहरुकालागि काम गर्न सुझाव दिनुभयाे । कार्यक्रमका प्रमुख अतिथि नेविसंघ का निवर्तमान सभापति दधि पाैडेलले संबिधानका पिता स्व सुशील काेईरालाकाे नामवाट उहाँका लाेकतान्त्रिक बिचारहरुलाई गाउँमा पुर्याउनका लागि युवाहरु एकत्रित भै समाजमा भएका बिकृति बिसंगतिका लागि बुलन्द अावाज उठाउनु पर्ने बताउनु भयाे । हाम्रो समाजमा अझै पनि सामाजिक बिकृति, कुरिति, कुसंस्कृति,कुसंस्कार, बिभेदहरु ब्याप्त भएकाेले साे कुराहरु निर्मुलपार्न सकृय हुनुपर्ने वताउनु भयाे । समाजमा पछाडि पारिएका बर्गकाे उथ्थानमा लाग्न साे सर्कलका साथिहरुलाई अाग्रह गर्नुभयाे । युवा बर्गका समस्याहरु पहिचानगरि युवाहरुद्वारानै समाधान गरि सभ्य तथा समतामुलक समाज निर्माणकालागि लागिपर्न अनुराेध गर्नुभयाे । समाजमा भएका बिकृति, बिसंगति हटाई सभ्यसमाज निर्माण भएमात्र स्व काेईरालाकाे सपना पुराहुने बताउनु भयाे साथै नयाँ बर्ष २०७८ ले युवावर्गलाई सामाजिक बिभेद, बेथिति बिसंगति हटाई सभ्य समाज निर्माणकालागि लागि पर्न प्रेरणा मिल्ने बताउनु भयाे साथै नयाँ बर्षकाे अवसरमा सुखशान्ति, समृद्धि, सुस्वास्थ्य, तथा उत्तराेत्तर प्रगतिकाे कामना पनि गर्नु भयाे ।