कालिका भगवती मन्दिरको पुनर्निर्माण कार्यको शिलान्यास

प्रकाशित मिति:

नारायण पाण्डे / गुल्मी – धुर्कोट गाउँपालिका वार्ड नं. ५, बस्तुमा अवस्थित श्री कालिका भगवतीको मन्दिरको पुनर्निर्माण कार्यको शिलान्यास भएको छ। गुल्मी क्षेत्र नं. २ (ख) का पुर्व सभासद  दिनेश पन्थीले शिलान्यास गर्नुभएको हो ।

उक्त कार्यक्रममा सभापति मन्दिर पुनर्निर्माण समितिका अध्यक्ष युवराज भण्डारी, सञ्चालक सचिव ऋषिराम पाण्डे, अतिथिहरु धुर्कोट गाउँपालिकाका उपाध्यक्ष शिव बहादुर खत्री, वार्ड अध्यक्ष  ढुण्डिराज भण्डारी, नेपाली कांग्रेस महासमिति सदस्य महेन्द्र प्रसाद भण्डारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पन्थीले यस ऐतिहासिक मन्दिरको पुनर्निर्माणको लागि केन्द्र सरकार तथा प्रदेश सरकारमा पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

पुनर्निर्माण कार्यलाई टेवा पुर्याउने उद्देश्यले विभिन्न धार्मिक एवं सामाजिक व्यक्तिहरुबाट सहयोग स्वरुप रु १४०००० प्राप्त भएको अध्यक्ष युवराज भण्डारीले जानकारी दिनुभयो ।

वि.सं. १४६५ देखि १५३५ सालमा धुर्कोटका राजा खड्कराज मल्लले निर्माण गरेको यो मन्दिरभित्र भगवान शिव र कालिका देवीको मूर्ति रहेको छ।