आफ्नो घडकन भन्दा अरुको धड्कन प्यारो भएको अभाष भएको छ : ऋचा

प्रकाशित मिति:

काठमाडौं– नायिक ऋचा शर्मा आमा बन्ने भएकी छिन् । नयाँ वर्षको सुरुवातमा उनले आफ्ना फ्यानलाई सामाजिक सञल मार्फत त्यसको जानकारी दिएकी छिन् ।

श्रीमानको साथ विरुवामा पानी राख्दै गरेको फाटो सहित सार्वजनिक भएकी उनले आफ्नो घडकन भन्दा अरुको धड्कन प्यारो भएको अभाष भएको बताएकी छिन् । ‘आमाले भन्नु हुन्थ्यो आफ्नो सन्तान भएपछि थाह पाउछस। आज त्यही कुरा स्मरणमा आइरहेको छ । एउटा जीवनलाई आफ्नो गर्भमा हुर्काउने सौभाग्य पाउँदा, आज शब्दमा आफ्नो भावनाहरु पोख्न सकिरहेको छैन। आज आफ्नो धड़कन भन्दा कोही अरुको धड़कन म भित्र प्यारो आभास भईरहेको छ।’ उनले लेखेकी छिन्,

आज तपाईंहरु माँझ यो ख़ुशी बाँडन पाउदा सम्पूर्ण महसुश भईरहेको छ। एउटा जीवनलाई स्वरुप दिएर जीवन्त बनाउन पाउनु सायद साच्चै नै सौभाग्यको कुरा हो। त्यही प्यारो जीवनको स्वागत गर्दै घरको दैलोमा म र मेरो श्रीमानले यो सजीवनको रुख रोप्दैछौ। यो नयाँ जीवनको आगमन र यो रुखको अटूट साथ सधै बनिरहोस भन्ने तपाईहरू सम्पूर्णको आशीर्वादको अपेक्षा गर्दछु। मेरी आमा पनि पर क्षितिज बाट भन्दै हुनुहुन्छ होला, छोरी आज ठुली भई।’