कपिलवस्तुमा विप्लवको केन्द्रीय कार्यालय बन्ने

प्रकाशित मिति:

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले भने कपिलवस्तुमा पार्टीको केन्द्रीय कार्यालय निर्माण गर्ने भएको छ । पार्टीका महासचिव चन्दकै गृहजिल्ला कपिलवस्तुको शिवगढीमा पार्टी केन्द्रको कार्यालय बनाउने भन्दै भवनको शिलान्यास गरेका हुन् । शिवगढीलाई ‘मिनी रोल्पा’ पनि भनेर चिनिन्छ ।

अहिलेलाई सम्पर्क कार्यालय बनाउने र पछि त्यसैलाई नै पार्टीको केन्द्रीय कार्यालय बनाउने गरी निर्माण गर्न लागिएको पार्टीले जनाएको छ । सरकारसँग २१ फागुनमा तीन बुँदे सहमति गरेर शान्तिपूर्ण राजनीतिमा आएको चन्द नेतृत्वको नेकपाले अहिलेसम्म काठमाडौँमा औपचारिक कार्यालय पनि खोलेको छैन । अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य खोमा तरामु मगरले गरिब, किसान र मजदुरसँग नजिक भएर काम गर्न कपिलवस्तु रोजिएको बताए ।