गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता

प्रकाशित मिति:

काठमाडौं, वैशाख २ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता भएको छ ।

कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई नयाँ मुख्यमन्त्री प्रस्ताव गर्दै अविश्वास प्रस्ताव दर्ता भएको हो ।प्रस्तावमा कांग्रेस, माओवादी केन्द्र र जसपाका २८ सांसदको हस्ताक्षर छ ।