रोहिणी गाउँपालिकाको वातावरण तथा प्राकृतिक श्रोत संरक्षण ऐन पारीत

प्रकाशित मिति:

भैरहवा । रुपन्देहीमा रहेको रोहिणी गाउँपालिकाले गाउँपालिकाको वातावरण तथा प्राकृतिक श्रोत संरक्षण ऐन २०७७ पारीत गरेको छ । गाउँपालिकाको सम्पन्न आठौं गाउसभाले ऐन पारीत गरेको छ ।स्वच्छ, स्वस्थ वातावरणमा बाँच्न पाउने नागरिकको मौलिक अधिकारको संरक्षण गर्न, प्राकृतिक श्रोतको समुचित उपयोग एवम दिगो ब्यवस्थापन गर्न, वातावरण र विकास बिच सन्तुलन कायम गर्न वातावरण तथा प्राकृतिक श्रोत संरक्षण ऐन आवश्यक देखिएकोले गाउँसभाले ऐन बनाएको रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए । यस्तै ऐनले प्राकृतिक श्रोत, वातावरण र जैविक विविधताको संरक्षणमा पनि सहयोग पु¥याउने लक्ष्य लिईएको छ ।

ऐनमा आफ्नो क्षेत्राधिकार भित्र वातावरण संरक्षण गर्ने प्रमुख जिम्मेवारी गाउँपालिकाकै हुने र वातावरण संरक्षण, प्रवद्र्धन र वातावरणमैत्री समाज निर्माणमा योगदान गर्नु नागरिकको कर्तब्य हुने उल्लेख गरिएको छ । यस्तै ऐनले वातावरण संरक्षण बिशेष क्षेत्र निर्धारण गर्ने, सम्पदाको संरक्षण गर्ने, वातावरणिय अध्ययन, वातावरणिय ब्यवस्थापन योजना तयार गर्ने, अनुकुलन योजना बनाउन सक्ने लगायतका दफाहरु निर्धारण गरेको छ । यस्तै ऐनमा प्रदुषण रोकथाम तथा नियन्त्रण गर्ने, फोहोर मैलाको ब्यवस्थापन गर्ने, खनिज पदार्थको संरक्षण, जलाधार संरक्षण, बन पैदावरको संरक्षणको साथै प्रवद्र्धनमा सहयोग गर्ने बुंदाहरु समेटिएको प्रमुख प्रशासकिय अधिकृत न्यौपानेले जनाए ।गाउँसभाले ऐन पारीत गरे पनि अहिले यो राजपत्रमा प्रकाशित भने भएको छैन । छिट्टै नै यसलाई राजपत्रमा प्रकाशित गरि कार्यान्वयनमा ल्याईने गाउँपालिकाले जानकारी दिएको छ ।

यस संगै परिषदले आर्थिक ऐनमा २०७७ मा संशोधन र कार्यपालिकाले मानव बेचविखन पिडित÷ प्रभावितहरुको उद्धार, स्वदेश फिर्ति तथा पुर्नस्थापना कोष संचालन तथा ब्यवस्थापन निर्देशिका २०७७ पनि पारीत गरेको न्यौपानेले जानकारी दिए ।यस संगै रोहिणी गाउँपालिका ऐन, निर्देशिका र कार्यविधिहरुको संख्या ३६ पुगेको छ । रोहिणी गाउँपालिकाको विनियोजन ऐन, आर्थिक कार्यविधि ऐन, स्थानिय स्वास्थ्य तथा सरसफाई ऐन, कृषि ब्यवसाय प्रवद्र्धन ऐन लगायतका गाउँपालिका सञ्चालनमा आवश्यक पर्ने ऐनहरु बनाई सकेको गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले जानकारी दिए । चौथौ बर्षमा चलिरहेको स्थानिय तहमा गाउँपालिका सञ्चालनको लागी आवश्यक पर्ने ऐन निर्माण गाउँ परिषदले गरि रहेको छ । यस्तै कार्यविधि र नियमावली कार्यपालिकाले पनि बनाएर कार्यान्वयनमा ल्याईने गरिएको छ । गाउँपालिका अध्यक्ष यादवले ऐनहरु निर्माण गर्ने मात्र नभई यसको कार्यान्वयनमा पनि गाउँपालिका गम्भिर रहेको बताए । उनले गाउँपालिकाले निर्माण गरेका ऐनहरु गाउँपालिकालाई ब्यस्थित बनाउने भएकोले यसको पालन गर्नु पर्ने सम्पूर्ण गाउँपालिकावासीको दायत्वि रहेको जिकिर गरे ।