ओलीले अहंकार त्यागे वाम गठबन्धन सम्भव छ : भुषाल

प्रकाशित मिति:

नेकपा एमालेका उपमासचिव घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओली र जसपा अध्यक्ष महन्त ठाकुर सबैभन्दा असंगतिला पात्र भएको आरोप लगाएका छन् । एमालेको नेपाल पक्षको प्रेस चौतारीले बिहीवार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्री ओलीले आफ्नै पार्टीका नेतालाई लखेटेर उनै असंगतिला महन्तसंग गठबन्धन गरेर सरकार बनाउन खोजेको आरोप लगाए । संसदमा वामपन्थीको बहुमत हुंदाहुंदै पार्टीका नेतालाई लखेटेर प्रधानमन्त्रिले अहंकार देखाइरहेको बताए । ओलीले कुर्सीको अहंकार त्यागे वाम गठबन्धन अझै सम्भव छ, उनले भने, आफुले बिगारेको राजनीतिको जिम्मेवारी लिने हिम्मत गर्नुपर्छ ।’ ओलीबाट निल्म्बित नेता भुसालले ओलीले आफू सत्तामा रहिरहने चाहनाको तृष्णाले राजनीतिक सहमति कमजोर बनेको बताए । केपी ओलीले नेकपा विभाजन गरेको र अदालतले त्यसलाई औपचारिकता दिएको भुसालको भनाइ छ । संसद पुर्नस्थापना पछि ओलिले राजिनामा दिने र ओलि पक्षकै कसैलाई प्रधानमन्त्री बनाउनेमा आफुहरुले छलफल थालेपनि ओलिकै कारण उक्त छलफल अगाडि नबढेको भुसालले खुलासा गरे । उनले आफुहरु एमालेको गरिमा, प्रतिष्ठा बचाउन लागेको समेत बताए ।