असफल सरकार र असफल नेतृत्वका कारण मुलुकमा अस्थिरता ; नेतृ कोईराला

प्रकाशित मिति:

नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व उपप्रधानमन्त्री सूजाता कोईरालाले कोभिड महामारीसंगै सरकारसंग पनि लड्नुपर्ने बेला आएको बताउनु भएको छ । प्रधानमन्त्री केपीले एकलौटी रुपमा सत्ता सञ्चालन गर्न खोजेका कारण मुलक अस्थिरतामा फसेको बताउँदै असफल सरकार र त्यसको अवसफल नेतृत्वका बिरुद्ध सबै मिलेर लड्नुपर्ने बताउनु भएको हो । मुलुकको राष्ट्रिय राजनीतिलाई सुधार गर्नको लागि नेपाली काँग्रेस एकजुट हुनु पर्ने समेत उहाँले भनाई राख्नुभयो ।

नेपाली काँग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री नेपाली काँग्रेसका पूर्व सभापति स्वर्गीय गिरिजाप्रसाद कोईरालाको ११ औं स्मृति दिवसको अवसरमा जीपि कोईराला स्मृति प्रतिष्ठान रुपन्देहीले बुटवलमा आयोजना गरेको अन्तर बिद्यालय महिला भलिवल प्रतियोगिताको उद्घाटन गर्दै नेतृ कोईरालाले मुलुकको समृद्धि र बिकासको लागि गिरिजाप्रसाद कोईरालाले लिएको सहमति, सहकार्य र एकता अपरिहार्य रहेको बताउनु भयो । गिरिजाप्रसाद कोईरालाले लिएको सहमति, सहकार्य र एकताको नीतिकै कारण तत्कालिन विद्रोही माओवादीलाई शान्तिको बाटोमा रुपान्तरण गर्न सकिएको बताउँदै मुलुकको बिकास र समृद्धिको लागि सहमति, सहकार्य र एकता अपरिहार्य रहेको बताउनु भयो ।

प्रतिष्ठान रुपन्देहीका अध्यक्ष रामबहादुर कार्कीको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा जिपि अध्ययन प्रतिष्ठानका अध्यक्ष युवराज गिरी, जिपि फाउण्डेसन लुम्बिनी प्रदेश अध्यक्ष तथा नेपाली काँग्रेस बुटवल नगर समितिका सभापति खेलराज पाण्डे, बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्ज्वलप्रसाद कसजू, प्रतिष्ठानका उपाध्यक्ष काजिमान श्रेष्ठ, महासचिव तथा प्रतियोगिताका संयोजक परमानन्द भट्टराई लगायतले भनाई राख्नुभएको थियो ।