गिरिजा प्रसाद कोईराला फाउन्डेशन अमेरीका च्याप्टरले ३५ औं पटक निःशुल्क खाद्यान्न वितरण गर्यो।

प्रकाशित मिति:

अप्रील १६,२०२१, न्युयोर्क अमेरीका: गिरिजा प्रसाद कोईराला फाउन्डेशन अमेरीका च्याप्टरले न्युयोर्क र आसपासमा रहेका नेपाली लगायत अन्य समुदायलाई लक्षित गरी ३५ औं पटक निःशुल्क खाद्यान्न वितरण गरेको छ। उडसाईड स्थित ६९ स्ट्रीटवाट मध्यान्न १२:३० मा क्विन्स टुगेदरका सह-संस्थापक जोनाथन फोरगासवाट प्राप्त २७० वक्स खाद्यान्न लाईनवाट वितरण गरीयो ।

सो कार्यक्रममा संस्थाका कार्यवाहक अध्यक्ष सुवर्ण लामा, महासचिव छिरीगं राप्के लामा, प्रवक्ता एवं कार्य समिती सदस्य रामचन्द्र अधिकारी, कार्यसमिती सदस्यहरू क्रमशः प्रेम क्षेत्री अधिकारी, सुर्य सिंखडा, राजेश आचार्य र ध्रुव क्षेत्री कुँवर एवं विशाल वुढामगरले स्वयंसेवकको रूपमा विशेष भुमीका निर्वाह गर्नुभएको थियो।

फाउन्डेशनले यसरी समुदायलाई पटकपटक सहयोग गर्न पाएकोमा संस्थाका कार्यवाहक अध्यक्ष सुवर्ण लामाले प्रशन्नता व्यक्त गर्नुभयो ।साथै यस संस्थाले अप्रिल महिनाभर क्विन्स हस्पिटल जमैकासँग सहकार्य गरी प्रत्येक शनिवार उपलब्ध गराउँदै आएको कोरोना विरूद्ध दिईने भ्याक्सिन उपलब्ध गराउने कार्यक्रममा यदी कोही छुट्नु भएको छ भने यही शनिवार अप्रिल १७ र अप्रिल २४ सम्ममा यस फाउन्डेशनसँग सम्पर्क गरी खेप लगाई शुरक्षित रहन संस्थाका प्रवक्ता रामचन्द्र अधिकारीले फाउन्डेशन परीवारका तर्फवाट अनुरोध गर्नुभयो । फाउन्डेशनका महासचिव छिरीगं राप्के लामाले आजको खाद्यान्न वितरणमा सहयोग गर्ने फाउन्डेशन परीवार एवं समुदायलाई हार्दिक धन्यवाद प्रकट गर्नुभयो ।