अब नेपालबाटै कैलाश पर्वत दर्शन गर्न पाइने

प्रकाशित मिति:

काठमाडौं, चैत १ : अब नेपालबाटै तिब्बतमा रहेको कैलाश पर्वत र मानसरोवरको दर्शन गर्न पाइने भएको छ। यसअघि कैलाश पर्वतको अवलोकनका लागि तीर्थयात्रीहरू तिब्बतको भिसा लिएर जानुपर्ने बाध्यता थियो।

नेपाल हुँदै कैलाश दर्शन गर्न जाने भारतीय पर्यटकले नेपालगन्ज हुँदै सीमकोट भएर हेलिकप्टरमार्फत हिल्सामा पुगी चाइनिज भिसा लिएर जानुपर्ने व्यवस्था थियो । त्यसका लागि पाँचदेखि सात दिनको प्याकेजमा मानसरोवर हुँदै कैलाश परिक्रमा गरी फेरि हिल्सा हुँदै सीमकोटमा फर्किनु पर्ने हुन्थ्यो । तर कोभिडका कारण चीन सरकारले कैलाश पर्वत जाने रुटमा कडाइ गरेपछि कतिपय भारतीय नागरिक वर्षमा कम्तीमा एकपटक कैलाश पर्वतको दर्शन गर्नुपर्ने मान्यताबाट वञ्चित हुदै आएका छन्।