एनएमएसआरए (NMSRA) बुटवल युनिटको शुभकामना तथा सदस्य भेला सम्पन्न

प्रकाशित मिति:

बुटवल – नेपाल औषधी तथा बिक्रि प्रतिनिधि संघ (एनएमएसआरए) बुटवल युनिटको साधारण सदस्य भेला तथा नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । बुटवलको होटल स्पानमा सम्पन्न भएको भेलामा बजार प्रतिनिधि(एमआर)को उल्लेखनीय उपस्थिति रहेको थियो ।

नेपाल औषधी तथा बिक्रि प्रतिनिधि संघ (एनएमएसआरए) बुटवल युनिटका अध्यक्ष बिष्णु प्रसाद ढकालको अध्यक्षतामा बसेको भेलामा केन्द्रीय उपाध्यक्ष उद्धव सिंह बिष्टको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथी बिष्टले समग्र औसधि बिक्रि गर्ने प्रतिनिधिको हितमा संघले काम गरिरहेको बताउनुभएको थियो । उहाँले बजार प्रतिनिधि (एमआर) का समस्या , पीडा र मर्का लगायत हरेक परिस्थितिका बाबजुद खटेर र डटेर लाग्ने र लागिरहेको कुरा बताउनुभएको थियो । बुटवल युनिटले गरेका नबिनतम तथा सकारात्मक कार्यलाई केन्द्रले नजिक बाट हेर्दै आइरहेको र बुटवल युनिटलाई धन्यवाद समेत ज्ञापन गर्नुभएको थियो ।

कार्यक्रमका अध्यक्ष ढकालले कोरोना भाइरस (कोभिड)लाई मध्यनजर गर्दै सुरक्षीत रुपले बजारमा खटिन सम्पुर्ण सदस्यलाई आह्वान गर्नुभएको थियो । साथै उहाँले बुटवल युनिटको समग्र गतिविधिहरुको बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा केन्द्रिय सदस्य तथा बिशिस्ट अतिथि जीवन ज्ञवाली लगायतले आफ्ना भनाई राख्नुभएको थियो ।
कार्यक्रममा सल्लाहकार दुस्यान्त कुमार सिंह लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कोषाध्यक्ष प्रभाकर शाहले कोषाध्यक्षको आय/ब्यय प्रस्तुत गर्नुभएको थियो ।

एनएमएसआरए बुटवल युनिटका सचिब बिमल ज्ञवालीले संघले आयोजना गरेको हरेक गतिविधिमा सम्पुर्ण सदस्यको साथ , सहयोग र सद्भावका निम्ती आभार ब्यक्त गर्दै कार्यक्रम सञ्चालकको भुमिकामा रहनुभएको थियो ।

कार्यक्रममा एनएमएसआरएले गत बर्षको फाल्गुन ११ गते आयोजना गरेको कृकेट प्रतियोगितामा बिजय प्रतियोगीहरुलाई पुरस्कार बितरण गरिएको थियो ।