गिरिजा प्रसाद कोईराला फाउण्डेसन अमेरिका च्याप्टर को कोभिड-१९ विरुद्ध को तेस्रो खोप कार्यक्रम

प्रकाशित मिति:

५ वैशाख, न्युयोर्क, अमेरिका: गिरिजा प्रसाद कोईराला फाउन्डेशन अमेरिका च्याप्टरको संयोजन र क्विन्स हस्पिटल जमैकासँगको समन्वयमा तेस्रो चरणको कोरोनाविरूद्द खोप कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । न्युयोर्क र आसपासमा रहेका नेपाली लगायत विभिन्न समुदायका १सय३७ जनालाई कोरोना भाईरसबाट सुरक्षित रहन भ्याक्सिन लगाइएको हो।

फाउण्डेशनले अप्रिलको अन्तिम सातासम्म क्रमशः हरेक शनिवारका दिन बिहान १० देखि साँझ ५ बजेसम्म खोप वितरण गर्ने कार्यक्रमका संयोजक समेत रहेका संस्थाका महासचिव छिरिङ राप्के लामाले जानकारी दिए । सोको लागि प्रत्येक हप्ताको बुधवार ३ बजेसम्म संस्थाबाट उपलब्ध फारम भरी फाउण्डेशनकै कार्यालय वुडसाईड न्युयोर्कमा वुझाउनुपर्ने उनले बताए । कार्यक्रममा संस्थाका कार्यवाहक अध्यक्ष सुवर्ण लामा, महासचिव छिरीगं राप्के लामा, कार्यसमिती सदस्य एवं प्रवक्ता रामचन्द्र अधिकारी, कार्यसमिती सदस्य सुर्य सिंखडा र कार्यसमिती सदस्य ध्रुव कुँवर क्षेत्री विशेष स्वयंसेवकको रूपमा खटिएका थिए । कार्यक्रममा अस्पताल प्रशासनको सहयोगमा आगन्तुक हरूलाई लाईन व्यवस्थापन गर्ने, अनलाईन प्रश्न भरीदिने र भाषिक समस्यामा सहजीकरण गर्ने लगायतका कामहरूमा फाउण्डेशनका स्वयंसेवकहरुले सहयोग गरेका थिए ।

अमेरिकामा नेपाली संघ–संस्थाहरु मध्ये गिरिजा प्रसाद कोईराला फाउण्डेसन अमेरिका च्याप्टर नै पहिलो संस्था हो जसले कोभिड-१९ को खोप कार्यक्रमको एक महिने अभियान संचालन गरेको र यसै कारण अहिले सात सय भन्दा बढी नेपालीलाई क्वीन्स अस्पतालमा खोप लगाउन सफल भएको प्रवक्ता अधिकारीले बताए । फाउण्डेशनले यसअघि पनि नेपाली समुदायबीच विभिन्न सामाजिक कार्यक्रम गर्दै आएको छ । यस्तै, फाउण्डेशनले डाक्टर ऐन्थोनि ऐन्ड्रीयु जुनियर,स्टेफन मनरो,सरोजीनी कुमार, डाक्टर राव र ग्रेगोरि माहाबीलाई धन्यवाद एंव आभार प्रकट गरेको छ।

फाउन्डेशनको अनुरोधमा आगामी शनिवार क्विन्स अस्पताल सॅंगको सहकार्य अन्तिम पटक खोप कार्यक्रम हुनेछ तर नेपाली लगायत अरु समुदायमा कुनै पनि स्वास्थ्य समस्या आएमा फाउण्डेशन क्विन्स अस्पताल सॅंग सधैं हातेमालो गर्दै अघि बड्ने कुरा कार्यवाहक अध्यक्ष सुवर्ण लामाले वताउनुभयो।