बुटवलमा बन्यो ट्रान्सपोर्ट भिलेज

प्रकाशित मिति:

वैशाख ५ , बुटवल । ढुवानी व्यवसायीको डेढ दशक लामो पहलपछि बुटवलमा नेपालकै पहिलो र नमुना ट्रान्सपोर्ट भिलेज ९ढुवानी ग्राम० बनेको छ । बुटवल उपमहानगरपालिकाकाको स्वामित्वमा रहेको वडा नं।१२ भैरहवा टोलमा तीन बिघा क्षेत्रफलमा ट्रान्सपोर्ट भिलेज बनेको हो । करिब ३० करोड लागतमा निर्माणको अन्तिम चरणमा रहेको ट्रान्सपोर्ट भिलेजमा ढुवानी व्यवसायीको साढे १२ करोड र बुटवल उपमहानगरपालिकाको साढे १७ करोड लगानी रहेको छ ।

स्थानीय निर्वाचन हुनु अगावै सार्वजनिक-निजी साझेदारी अवधारणामा रुपन्देही परिवहन प्रालिसँगको सहकार्यमा ट्रान्सपोर्ट भिलेजलाई बहुवषर्ीय योजनाको रूपमा प्रकृया अघि बढेको थियो । ट्रान्सपोर्ट भिलेज पूर्वपश्चिम राजमार्ग क्षेत्रबाट ३।६ किलोमिटर दक्षिणमा छ । उपमहानगरले त्यस क्षेत्रमा पुग्न पहुँचमार्ग, ढल तथा नाली निर्माण गरेको छ । ट्रान्सपोर्ट भिलेजमा साना ग्यारेजदेखि प्राथमिक उपचार कक्षसम्म निर्माण हुँदैछन् । बिओटी मोडल ९बिल्ड, अपरेट, ट्रान्सफर मोडल० मा ट्रान्सपोर्ट भिलेज निर्माण भइरहेको छ । यहाँ ४९ वटा सेड निर्माण भएका छन् ।

ढुवानी ग्राममा सामान अनलोड गर्ने अलग्गै सेडहरु, स्टोर कक्षहरु, कार्यालय, बिद्युत, खानेपानी, स्नानागार, शौचालय, विश्रामकक्ष, ढल तथा नाली, प्राथमिक उपचार कक्ष, सुरक्षागार्ड कक्ष, सूचना कक्ष निर्माण भइरहेको सहरी विकास तथा पूर्वाधार महाशाखा प्रमुख वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठले बताए । असारसम्म सबै निर्माण कार्य पूरा भई नयाँ आर्थिक वर्षदेखि ट्रान्सपोर्ट भिलेज सञ्चालनमा आउने निर्माण समितिका सदस्य माधव नेपालले बताए । ट्रान्सपोर्ट भिलेज नहुँदा बजारका गल्ली गल्लीमा मालवाहक ट्रक आवतजावत गर्दा बुटवल बजार क्षेत्र अस्तव्यस्त र अन्य सवारी साधन आवागमनमा समस्या थियो । सार्वजनिक-निजी साझेदारीमा यसप्रकारको अलग्गै ट्रान्सपोर्ट भिलेज नेपालमा अन्यत्र नरहेको ढुवानी व्यवसायी महासंघका पूर्वअध्यक्ष समेत रहेका नेपालले बताए । ‘झण्डै २० वर्षदेखि व्यवसायीले माग गर्दै आएको ट्रान्सपोर्ट भिलेज अहिले सार्थक भएको छ,’ नेपालले भने, ‘अब बुटवल बजार क्षेत्रमा रहेका सबै ट्रान्सपोर्ट व्यवसायी यहीं स्थानान्तरण हुनेछन्, बुटवल बजारको ट्राफिक चाप कम हुने छ, सहरी सौन्दर्यमा पनि टेवा पुग्ने छ ।’

उपमहानगरले गुरुयोजना नै बनाएर ढुवानी ग्राम निर्माणको काम सुरु गरेको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले बताए ।ट्रान्सपोर्ट भिलेजबाट साना सवारीले अन्यत्र सामान ओसार्ने छन् । मालवाहक ठूला गाडी अब ब्यस्त बजार क्षेत्रभित्र प्रवेश गर्नुपर्ने छैन । जसले विभिन्न क्षेत्रको लागि सामान ढुवानी गर्ने व्यवसायीहरूलाई ढुवानीका सामान खोज्न सहज हुनेछ ।

ढुवानी व्यवसायी संग १५ वर्षे सम्झौता- उपमहनगरपालिकाले सार्वजनिक निजी साझेदारी मोडलमा निर्माण भइरहेको ट्रान्सपोर्ट भिलेजलाई दिगो रुपमा सञ्चालनका लागि मापदण्ड समेत बनाएको छ ।उपमहानगर र रुपन्देही परिवहन प्रालिबीच १५ वर्षे सम्झौता भएको छ । सम्झौता अनुसार उक्त प्रालिले १५ वर्षपछि उपमहानगरपालिकालाई हस्तान्तरण गर्नेछ ।निर्माण सम्पन्नपछि ढुवानीग्राममा व्यवसाय सञ्चालन गर्ने व्यवसायीले एक हजार ५५० वर्ग फुट क्षेत्रफलमा निर्माण हुने प्रति सेडको मासिक तीन हजार एक सय रुपैयाँ बहाल रकम बुझाउने छन् । बहाल रकम प्रत्येक दुई वर्षमा १० प्रतिशतका दरले वृद्धि हुने सम्झौतामा उल्लेख गरिएको उपमहानगरमा वित्त व्यवस्थापन महाशाखा प्रमुख तथा वरिष्ठ अधिकृत विष्णुप्रसाद खनालले जानकारी दिए ।