दोस्रो चरणको कोरोनाका कारण दुई जनाको मृत्यु 

प्रकाशित मिति:
प्रकाश न्यौपाने
बैशाख ५ गते
नवलपरासी
पश्चिम नवलपरासीमा दोस्रो चरणको कोरोनाका कारण दुई जना को मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलय नवलपरासीका प्रमुख कृष्ण प्रसाद पोख्रेलले जानकारी दिनु भयो ।
उहाका अनुसार हप्ता दिनको अवधिमा १५ जनामा संक्रमण देखिएको छ ।
पछिल्लो पटक शनिबार कोरोना संक्रमणका कारण रामग्राम नगरपालिका–३ की ७१ वर्षीया वृद्धाको मृत्यु भएको छ । मुटु र ब्लड प्रेसरकी बिमारी रहेकी ति वृद्धाको घरमै मृत्यु भएको हो । मृत्युपछि गरिएको कोरोना परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।