पत्रकार ज्ञवालीलाई मातृशोक

प्रकाशित मिति:

भैरहवा, ५ वैशाख । अग्रज पत्रकार कुलमणि ज्ञवालीलाई मातृशोक परेको छ । गौतमबुद्ध मिडिया प्रा.लि.द्वारा प्रकाशित गौतमबुद्ध सन्देश राष्ट्रिय दैनिकका सम्पादक ज्ञवालीको आमा खगेश्वरा ज्ञवालीको ८१ वर्षको उमेरमा आइतबार बिहान सिद्धार्थनगर नगरपालिका–८ स्थित आफ्नै निवासमा निधन भएको हो ।

विगत केही समयदेखि अस्वस्थ रहेकी ज्ञवालीको आइतबार भएको निधनप्रति विभिन्न संघ–संस्थाले दुःख व्यक्त गरेका छन् । लुम्बिनी प्रेस क्लब रुपन्देहीेले शोक विज्ञप्ती जारी गर्दै सल्लाहकार ज्ञवालीको आमा खगेश्वराको निधनले क्लब परिवार स्तब्ध भएको जनाएको छ । क्लबका महासचिव कमल रायमाझीद्घारा जारी विज्ञप्तीमा भनिएको छ, ‘शोकको यस घडीमा मृतक आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौं ।’