राजदुत युवाराज खतिवडा लाई शिकागॊमा स्वागत पछि सुबेदी केन्टकीमा जाने

प्रकाशित मिति:

अमेरिकामा हुनगई रहेको आगामी कार्यकाल २०२१ -२०२३ को लागि अधक्ष्य पदका प्रमुख दाबेदार रहेका बुद्दि सागर सुबेदीले आफ्नो चुनावी अभियान लाई तिब्र बनाएका छन् । यसै क्रममा बुद्दि सगर सुबेदीको सचिवालयले दिएको जानकारी अनुसार अहिले सम्म धेरै राज्यहरुमा सफल र भब्य कार्यक्रम गर्नुका साथसाथै त्यहाका नेपाली समुदाय संग प्रत्यक्ष्य कुराकानी गर्दै सल्लाह र सुजाब पनि लिएका छन् ।

“सबैको सल्लाह तथा हौसलाले म एकदम उत्साहित भएको छु ,मैले सबै बाट राम्रो साथ पाएको छु र म उहाहरुको आशा र म भरोसा लाई कदापि निराशा हुन दिने छैन ” सुबेदी भन्छन्।यसै क्रममा आगामी शनिवार ०४/१७/२०२१ का दिन अमेरिका स्थित नेपाली राजदुताबासले शिकागोमा आयोजना गर्नलागेको अस्थाई कन्सुलर शिबिरको कार्यक्रममा भागलिई अमेरिकाको लागि नेपालका राजदुत श्री युवराज खतिवडा लगायत विभिन्न कूटनीतिक नियोगका पदाधिकारीहरू लाई समेत भेटि उनी आफ्नो जम्बो टोलि सहित सोहि दिन चुनावी कार्यक्रमकै लागि केन्टकि राज्य प्रस्थान गदैछन्।

अप्रिल १८, २०२१ मा केन्टकि राज्यको लेक्सिङटन शहरमामा हुने र उक्त अन्तरक्रिया कार्यक्रममा स्थानीय राज्यका च्याप्टर उम्मेदवार देखि विभिन्न पदका अरु उम्मेदवारहरुको समेत उपस्थिति रहने बुद्दि सागर सुबेदीको सचिवालयले जानकारी दिएको छ । कार्यक्रम हुने स्थान र समय निम्न रहेको छ ।आगामी अन्तरक्रिया अप्रिल १८, २०२१ मा केन्टकि राज्यको लेक्सिङटन शहरमा मा हुने र उक्त अन्तरक्रिया कार्यक्रममा स्थानीय राज्यका च्याप्टर उम्मेदवार देखि विभिन्न पदका अरु उम्मेदवारहरुको समेत उपस्थिति रहने बुद्दि सागर सुबेदीको सचिवालयले जानकारी दिएको छ ।
कार्यक्रम हुने स्थान र समय निम्न रहेको छ ।

मिति :अप्रिल १८, २०२१
समय: १:०० बजे देखि ५:०० बजे सम्म
स्थान: ताज इन्डियन रेस्टुरेन्टस्थान: ताज इन्डियन रेस्टुरेन्ट
१५४ प्याचन ड्राईभ # ६८
लेक्सिङटन, केन्टकि ४०५१७