राष्ट्रपति द्वारा प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य

प्रकाशित मिति:

काठमाडौं, वैशाख ६ – राष्ट्रपति विद्यादेवी भण्डारीले आज सोमबार दिउँसो १ बजेदेखि प्रतिनिधिसभाको अधिवेशन अन्त्य गरेकी छन्।

मंगलबारका लागि प्रतिनिधिसभा बैठक तय भइसकेको अवस्थामा राष्ट्रपति भण्डारीले अधिवेशन अन्त्य गरेकी हुन्। उनले मन्त्रिपरिषद्को सिफारिसमा संसद अधिवेशन अन्त्य गरेकी हुन्।

संविधानको धारा धारा ९३ को उपधारा ३ बमोजिम आजै सरकारले प्रतिनिधिसभाको चालु अधिवेशनका लागि सिफारिस गरिएको र सोहीबमोजिम अन्त्य गरिएको राष्ट्रपति भण्डारीले सभामुख अग्नि सापकोटालाई लेखेको पत्रमा उल्लेख छ।