नेपाली नारी समाज पोर्तुगलको अध्यक्षमा सीता श्रेष्ठ सहित २१ नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित

प्रकाशित मिति:

बैशाख ५ पोर्तुगल/पुनम गौतम, नेपाली नारी समाज पोर्तुगलको तेस्रो महाअधिवेशन आइतबार सम्पन्न भएको छ । कोरोना महामारिले विश्व आक्रान्त बनिरहेको बेला समाजले सबैलाई समेट्ने गरि जुम भर्चुअलबाट अधिवेशन गरिएको हो । अधिवेशनले सीता श्रेष्ठ (शिवानी) को अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । जसको उपाध्यक्षहरुमा प्रितु लामा, ज्योत्सना अधिकारी, गिता रेउले(डि.सि), जानकी सुवेदी(पोर्तो) सहित पुनम गौतम महासचिवमा चयन भएका छन् । त्यस्तै कल्पना कार्की र मोनिका भुसाल सचिबमा चयन त्यस्तै डोङ्गा ल्हामु शेर्पा कोषाध्यक्षमा र देवि गुरुङ सह-कोषाध्यक्षमा चयन भएका छन् । यसैगरी कार्यसमिति सदस्यहरुमा लक्ष्मि परियार,स्मृति न्यौपाने, इन्दिरा श्रेष्ठ, अन्किता खनाल, गँगा लामा, स्नेहा परियार, बबिता शर्मा, बिन्दु गौतम पौडेल, ईन्द्रकुमारी थापा (चेली), बुद्धिमाया गुरुङ र सत्यदेवी गुरुङ सहित ११ जना सदस्य रहेका छन् ।

सन् २०१४ देखि पोर्तुगलमा महिलाहरुको क्षेत्रमा समाजिक रुपमा कार्य गर्दै आइरहेको समाजले प्रवासबाटै नेपाली चेलीबेटीहरुको पक्षमा वकालत गर्दै आइरहेको छ । पोर्तुगलमै बसोबास गर्ने दिदिबहिनीहरुका समस्या, हिँसामा छट्पटाएका महिलाहरुको समस्याहरुलाइ दुई पक्ष राखेर मिलाउने कोशीश गर्दै समाधानको बाटो पहिल्याउन र नेपालबाट आउने समस्याहरुलाइ समेत मध्यनजर गर्दै कानुनी परामर्श सहित उचित समाधान गर्ने गरेको छ । साथै समाजले महिलाहरुको क्षमता विकास, सिपमुलक कार्य तथा तालीमको साथै विदेशी भुमिमा रहेका दिदिबहिनीहरुलाइ लक्ष्यित गर्दै हाउस किपिङ, व्युटिसियन तालिम लगायतका थुप्रै अवसरहरु प्रदान गर्ने गरेको छ । तेस्रो कार्यकालमा युवाहरुको बाहुल्यता बढी भएकाले यो कार्यसमितिले आगामी दिनमा थप उत्साहजनक कार्य गर्ने जनाएको छ । छुटेर नभइ सबै नेपाली दिदिबहिनीहरु परदेशमा जुटेर लाग्नुपर्ने लिस्बनका लागि महाबाणिज्यदुत मकर हमालले बताउनुभयो ।

प्रमुख अतिथि समेत रहनु भएको हमालले भाइचाराको साथ अगाडि बढन आग्रह गर्दै नयाँ कार्यसमितिलाई शुभकामना व्यक्त गर्नुभयो । गैरआवासिय नेपाली संघ पोर्तुगलको कार्यबाहक अध्यक्ष समेत भै सक्नुभएकी अध्यक्ष श्रेष्ठले यसपटक समग्र पोर्तुगलबासी दिदिबहिनीहरुको हकहितका लागि अझ शसत्त रुपमा अगाडी बढाउनका लागि आफ्नो भूमिका महत्त्वपूर्ण हुने बताउनु भयो । सँस्थापक अध्यक्ष सीता बरालको संयोजकत्वमा निर्वाचन समिति तय गरिएको थियोे भने समाजकी संरक्षक तथा लैङ्गिक विशेषज्ञ डाक्टर ज्योति तुलाधरले नयाँ कार्यसमितिलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो ।