लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

प्रकाशित मिति:

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । जहाँ ४२ सांसदको हस्ताक्षर छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपाका प्रदेशसभा सदस्यहरूले प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

अविश्वासको प्रस्ताव सचिवालयमा दर्ता गरिएको सचिव दुर्लभकुमार पुन मगरले बताए । अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक बसन्त घर्तीले  जानकारी दिए । प्रदेशसभाका ८७ जना सांसद छन् । जहाँ २ जना सदस्य माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका पदमुक्त भएकाले नयाँ सरकार बनाउन ४३ प्रदेशसभा सदस्य चाहिन्छ । सबभन्दा ठूलो दल एमालेको ४१ प्रदेशसभा सदस्य छन् भने नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १७, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक जना प्रदेशसभा सदस्य छन् ।