राष्ट्रिय मा.बि, छिबेनीमा ने.बि संघको एकाइ समिती गठन

प्रकाशित मिति:

बैशाख ५ गते

नवलपरासी । नेपाल विद्यार्थी संघको ५२औ स्थापना दिवसका अवसरमा राष्ट्रिय मा.बि छिबेनीमा अध्ययनरत छात्र दिपक तिवारीको अध्यक्षतामा एकाइ समिति गठन भएको छ । नेपाल विद्यार्थी संघका नेता  किशोर गैरेको प्रमुख आतिथ्यता भएको भेलाले दिपक तिवारीको अध्यक्षता २३ सदस्यीय माबी एकाई समिती गठन भएको छ।  कार्यक्रममा ने.बि संघ क्षेत्रीय सभापती युवराज पाण्डे लगायतको उपस्थितिमा भएको भेलाले एकाई समितिको अध्यक्षमा दिपक तिवारी, उपाध्यक्षमा सुष्मा भण्डारी र खुसी भुर्तेल, सचिबमा कृष्ण भुषाल र अनु अर्याल सह सचिबमा सिद्धार्थ गिरि र निशा क्षेत्री तथा कोषाध्यक्षमा प्रबिन पौडेल, सदस्यहरुमा बिष्णु न्यौपाने,सरस्वती भुषाल,मेनुका न्यौपाने,रन्जना राजभार,सरस्वती न्यौपाने,पुष्पा न्यौपाने,पार्वती बि.क,मथुरा पङ्गेनी,बिनिता चौधरी,सुचना पङ्गेनी, सुजाता गिरि,आषिश बस्याल,प्रिती कुवर,अस्मिता सापकोटा आदि निर्वाचित हुनु भएको छ।
सो अवसरमा निर्वाचित नया कार्यसमितीलाई शुभकामना दिदै प्रमुख अतिथि किशोर गैरेले नेपाल विद्यार्थी संघको स्थापनाकालको घटनाक्रम, संघर्ष, आन्दोलन, विद्यार्थी आन्दोलनका उपलब्धि र अब नेपाल विद्यार्थी संघको जिम्मेवारी नया पुस्तामा आएकोले आफ्नो आफ्नो स्थानबाट नेतृत्व गर्दै राजनैतिक र समाजिक स्तरमा अवाज बुलन्द गर्नका लागि आवाहन गर्नु भयो। उहाँ ले देशको हरेक परिवर्तनमा अगृणी भुमिकाका रहेको नेपाल विद्यार्थी संघ सङ्ग आबद्ध भएको गौरब महसुस गर्दै उच्च मनोबलका साथ आफ्ना गतिबिधीहरु सन्चालन गर्न अनुरोध गर्नु भएको थियो।
साथै सो भेलामा कार्यक्रम सन्चालन ने.बि संघका नेता गणेश भट्टराईले गर्नु भएको थियो।