प्रजातान्त्रिक योद्धाको सम्झनामा अक्षयकोष

प्रकाशित मिति:

स्याङ्जा—५ बैशाख-प्रजातन्त्र प्राप्तीका लागि स्याङ्जाका धेरै व्याक्तिहरुको बलिदानी योगदान रहेको छ । नेपाली काँग्रेसले प्रजातन्त्र प्राप्तका लागि गरेको योगदानको खासै महत्व नदिएका बेला नेपाल विद्यार्थी संघ स्याङ्जाले उनीहरुको सम्झनामा अक्षयकोष खडा गर्ने निर्णय गरेको छ । नेपाल बिद्यार्थी संघको ५२ औ स्थापना दिबसको अवसर पारेर नेविसंघ स्याङ्जाले जिल्लाका प्रजातान्त्रिक योद्धाहरुको सम्झनामा छात्रवृत्ति अक्षयकोष स्थापना गर्ने निर्णय गरेको हो ।

प्रजातन्त्र स्थापनाको लागि राणा र पन्चायत विरुद्ध कठिन संघर्ष गरेका योद्धाहरु मध्ये पहिलो चरणमा धनप्रसाद गुरुङ, बेद प्रसाद पनेरु, ठानबहादुर सिंहको स्मृतिमा छात्रवृत्ति अक्षयकोष निर्माण गर्न लागिएको नेविसंघ स्याङ्जाका अध्यक्ष अजित क्षेत्रीले जानकारी दिए । स्याङ्जा जिल्लाभरका योद्धाहरुको क्रमिक रुपमा अक्षयकोष खडा हुने छ अध्यक्ष क्षेत्रीले भने,‘हरेक बर्ष योद्धाहरुलाई सम्झन र उनीहरुले गरेको योगदानको स्मरण गर्दा प्रभावकारी हुनेछ ।’ नेताहरुको पनि स्मरण हुने र गरिब विद्यार्थीले छात्राबृत्ति पनि पाउने दुबै बिषयमा हितकारी देखिन्छ क्षेत्रीले भने ।

पहिलो चरण सुरुवात मात्रै गरेको बताउदै अध्यक्ष क्षेत्रीले स्याङ्जामा करिब १ सय विद्यालयमा अक्षयकोष खडा गर्ने लक्ष्य रहेको जानकारी दिए । पहिलो चरणमा आँधीखोला, फेदिखोला गाँउपालिका र पुतलीबजार नगरपालिकाका विभिन्न विद्यालयबाट शुरु गर्ने उनको भनाई छ । समाज रुपान्तरणमा योगदान गरेका अग्रजको सम्मान, सम्झना र गरिब जेहेन्दार र उत्कृष्ट बिद्यार्थीलाई शैक्षिक अबसरमा सहयोग मिल्ने सो अभियान सहयोग गर्न पनि नेविसंघ स्याङ्जाले अपिल गरेको छ । नेबिसंघको ५२ औं स्थापना दिबस पारेर स्याङ्जाको सदरमुकामको त्रिभुवन आदर्श माबिमा छात्रवृत्ति अक्षयकोषकोस स्थापनाको लागि रकम बिद्यालयका प्रधानाध्यापक मुक्तिप्रसाद रेग्मीलाई रकम हस्तारनतरण गरिएको बताइएको छ । नेबिसंघ स्याङ्जाका जिल्ला अध्यक्ष अजित क्षत्री, क्षत्रीय सभापति बिज्ञान भन्डारी, सौजन गुरुङ, सबिन रेग्मी लगायतले संकलन रकम सामुहिक हस्तान्तरण गरेका छन् । अक्षयकोषको मुल रकम संरक्षण गर्दै ब्याजबाट आएको रकम गरिब जेहन्दार बिद्यार्थीको छात्रवृत्तिका लागि प्रदान गरिने नेविसंघले जनाएको छ । जिल्लामा करिव १ सय भन्दा बढी प्रजातन्त्र प्राप्तीका लागि बलिदान दिने योद्धाहरु रहेको तथ्याङ्क रहेको छ । नेविसंघले यो तथ्याङ्क पनि संकलन गर्ने कार्य अगाडी बढाएको छ । एक बर्ष भित्र तथ्याङ्क र अक्षयकोष रकमको सार्वजनिक गर्ने गरी कार्य योजना अगाडी बढाएको क्षेत्रीय सभापति विज्ञान भण्डारीले जानकारी दिए ।