जसपाका ४ सांसदलाई मन्त्री

प्रकाशित मिति:

बुटवल,बैसाख ६- लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्री शंकर पोखरेल राजनीतिक खेल खेलेका छन् । आफ्नो बिरूद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपाका ४ सांसदलाइ मन्त्री उपहार दिएका हुन् । अविश्वास प्रस्ताव दर्ता गरेको दुईघण्टा नवित्दै जनता समाजवादी पार्टीका ४ जना मन्त्री भएका छन् ।

जनता समाजवादी पार्टीका सन्तोष पाण्डे, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेले प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण गरे।नयाँ मन्त्रीहरूमा सन्तोष पाण्डे भौतिक पूर्वाधार,यादव भूमि व्यवस्था तथा कृषि,कल्पना पाण्डे शिक्षा तथा सामाजिक विकास मन्त्री र रायमाझीले राज्यमन्त्रीको सपथ लिइन् । प्रदेश प्रमुख धर्मनाथ यादवले उनीहरूलाई सपथ ग्रहण गराएका हुन्।