विद्यालय बन्द हुने ४० स्थानीय तह

प्रकाशित मिति:

काठमाडौं, वैशाख ६ – कोरोना भाइरसको दोस्रो लहर चलेपछि सरकारले ४० वटा स्थानीय तहका विद्यालय एक महिना बन्द गर्ने निर्णय गरेको छ। सरकारले विद्यालय बन्द गराउने स्थानीय तहमा काठमाडौं उपत्यकाका सबै महानगरपालिका र नगरपालिका रहेका छन्। काठमाडौंका काठमाडौं महानगरपालिका, कागेश्वरी, कीर्तिपुर, चन्द्रागिरी, गोकर्णेश्वर, टोखा, तारकेश्वर, दक्षिणकाली, नागार्जुन, बुढानिलण्ठ र शंखरापुर नगरपालिका रहेका छन्।

त्यस्तै, भक्तपुरका भक्तपुर, चागुनारायण, मध्यपुर थिमी र सूर्यविनायक नगरपालिका रहेका छन्। ललितपुरका ललितपुर महानगरपालिका, गोदावरी र महालक्ष्मी नगरपालिका रहेका छन्। यसैगरी काठमाडौं उपत्यकाबाहिर विराटनगर, वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिका सबै विद्यालय एक महिना बन्द रहनेछन्।

त्यस्तै, इटहरी, धरान, जनकपुर, हेटौंडा, बुटवल, घोराही, तुलसीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरपालिकाका विद्यालय पनि बन्द हुने भएका छन्।यसबाहेक मेचीनगर, विर्तामोड, दमक, राजविराज, बनेपा, धुलिखेल, सिद्धार्थनगर, वीरेन्द्रनगर र भीमदत्तनगर नगरपालिकाका विद्यालय पनि वैशाख मसान्तसम्म बन्द गर्ने सरकारले निर्णय गरेको छ।

यी सबै महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा भर्चुअल माध्यमबाट पठनपाठन गरिने भएको छ। शैक्षिक संस्था बन्द गरिए पनि पूर्वनिर्धारित परीक्षा भने स्वास्थ्य मापदण्ड पालना गरेर यथावत रुपमा सञ्चालन हुनेछन्।