दायित्व र तिलोत्तमा नगरपालिका बीच सहकार्य

प्रकाशित मिति:

आर्थिक सुशासनका लागि नेतृत्व परियोजना सञ्चालन गर्न दायित्व र तिलोत्तमा नगरपालिकाबीच सहकार्य पत्रमा हस्ताक्षर भएको छ । सोमबार दायित्व संस्थाका तर्पmदेखि अध्यक्ष डा. पुकार मल्ल र तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेको रोहवरमा प्रमुख प्रशासकिय अधिकृत प्रदीप पौडेलले हस्ताक्षर गरे । मुलुकको वर्तमान अवस्था र आर्थिक सुशासनको लागि नेतृत्वको सन्दर्भमा नेपाल सरकारका पूर्व सचिव कृष्ण ज्ञवालीले परियोजनाको औचित्य र अपरिहार्यताको बारेमा प्रकाश पारेका थिएभने कार्यक्रम प्रक्रिया र प्राप्तिका बारे दायित्वका अध्यक्ष डा. पुकार मल्लले प्रस्तुती दिएका थिए ।

सरकारले सन् २०३० सम्ममा मुलुकलाई अल्पविकसितबाट मध्यम आय भएको देशमा स्तरोन्नति गर्ने लक्ष्य निर्धारण भएको सन्दर्भमा नवप्रवर्तनलाई नेतृत्व र सार्वजनिक सेवाप्रवाहलाई असल नेतृत्वसहित आर्थिक सुशासनसंग जोड्न अनिवार्य भएको ठहर दुबै पक्षले गरी यो सहकार्य सम्भव भएको नगरप्रमुख घिमिरेले बताए । ९ महिनासम्म सञ्चालन हुने कार्यक्रमले पालिकाको समग्र सेवा प्रवाहमा एक नवीन अभ्यास, परिष्कृत नेतृत्व एवं कार्य सुंसस्कृतिको प्रबद्र्धन तथा पद्धति निर्माण हुनेमा विशवस्त रहेको उनले बताए ।