रुपन्देहीमा पछिल्लो २४ घण्टामा ६ संक्रमितको ज्यान गयो

प्रकाशित मिति:

रुपन्देहीमा पछिल्लो २४ घण्टामा ६ संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ४ पुरुष रहेका छन् । ४ पुरुषको भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज र २ महिलाको कोरोना विशेष अस्पताल बुटवलमा मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । युसिएमएसका जनसम्पर्क अधिकृत सुशिल गुरुङले दिएको जानकारी अनुसार अस्पतालमा आइतवार सांझ साढे ६ बजे कपिलवस्तु को महाराजगंज ९ का ५२ वर्षीय पुरुष, राती ९ बजेर १९ मिनेटमा प्युठान को स्वर्गद्धारी ८ का ४८ वर्षीय पुरुष, सोमबार बिहान २ बजेर २७ मिनेटमा प्युठानको झिमरुक ४ का ५८ वर्षीय पुरुष र ३ बजेर ५० मिनेटमा रुपन्देहीको बुटवल १९, मोतीपुरका ३८ वर्षीय पुरुषको मृत्यु भएको हो । उ

नीहरु मध्ये २ जना भेन्टिलेटरमा उपचाररत रहेका थिए भने २ जनाको हाई फ्लो अक्षिजनमा राखिएको थियो । गुरुङका अनुसार युसिएमएस कोभिड युनिटमा ७ जना भेन्टिलेटर सहित ९ जना आइसियुमा, १२ जना एचडियुमा र १९ जना इमरजेन्सी आइशोलेशन बेडमा उपचाररत छन । बुटवल स्थित कोरोना विशेष अस्पतालमा बुटवल ८, की ६५ वर्षीया महिला र बुटवल १३ की ७९ वर्षिया महिलाको मृत्यु भएको हो । दुवैजनालाई श्वासप्रश्वासमा समस्या देखिएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।