भारतमा हुने निर्वाचनका कारण महेशपुर–ठुठीबारी नाका बन्द

प्रकाशित मिति:

शान्ति तिवारी

बैशाख ६
नवलपरासी । पश्चिम नवलपरासीमा पर्ने नेपाल–भारत अन्तर्गत रहेको महेश्पुर ठुटिबारी नाका पूर्ण रुपले बन्द भएको छ । भारतमा चलिरहेको निर्वाचनका कारण सिमा नाका बन्द गरिएको हो । जिल्लासँग सिमा जोडिएको भारत उत्तर प्रदेश राज्यको महाराजगञ्ज जिल्लामा गाउँ पञ्चायतको निर्वाचनका लागि सोमबार मतदान भएकोले नाका आइतबार देखि नै बन्द भएको हो ।

नाका पूर्ण रुपमा बन्द भएको बताउँदै एक दुई दिनमा खुल्न सक्ने पश्चिम नवलपरासीका प्रहरी उपरीक्षक राजु लामाले जानकारी दिनुभयो । उहाका अनुसार नाकाबाट आवतजावत गर्न पुर्ण रुपमा बन्द रहेको बताउनुभयो । दुवै देशका सुरक्षा निकायको आपसी समन्वयमा नाका बन्द गरिएको लामाले बताउनुभयो ।
अति आवश्यक काम रहेकालाई सुरक्षा निकायसँग समन्व गरेर मात्र यात्रा गर्न सकिने लामाले बताउनु भयो । भारतमा कोरोना भाईरस संक्रमण बढदै जादा भारतिय पक्षले नाकामा कडाई गर्दै आएको छ । सिमावर्ति भारतिय गाउँ पञ्चायतमा निर्वाचन भएपछि सिमावर्ति क्षेत्रमा सुरक्षा गस्ती समेत बढाईएको जनाईएको छ ।