अध्यक्ष पदका उम्मेदवार कृष्ण लामिछानेको अन्तरक्रिया कार्यक्रम

प्रकाशित मिति:

आगामी मे महिनामा हुने एनआरएनए अमेरिकाको निर्वाचनको लागि अध्यक्षका प्रत्यासी कृष्ण लामिछाने र उनका समूहसंग मेरिल्याण्ड राज्यको बाल्टिमोरमा अन्तरक्रिया कार्यक्रम अभूतपूर्व रुपमा सम्पन्न गरेका छन् ।

अध्यक्षका प्रत्यासी कृष्ण लामिछानेले मन्तब्यको प्रारम्भ मै ४ घण्टा सम्म बसेर सुनी दिनु भएकोमा धन्यवाद दिदै मेरो भन्नु धेरै केही छैन । यो समेत १३ औ स्थानमा मैले धेरै कुरा भनेको बताए । उनले आफ्नो सामाजिक सेवामा आफ्नो संलग्न ९ बर्ष देखि भएको बताउदै आफुले सामाजिक काम गरेको छु त्यो सानो होस् या ठुलो भने । नेपालको जुम्ला देखि सोलुखुम्बु ,तराईको गढीमाई सम्म आफूले सामाजिक सेवा गरेको बताए ।

उनले आफू बिजयी भएमा कांग्रेसी टोपी लगाएर संस्थामा छिर्ने छैन । सम्पूर्ण अमेरिकाका नेपाली समुदायको लागि काम गर्ने प्रतिबद्धता जनाए । मलाई मत भन्दा यहाहरुको आशिर्वाद चाहिन्छ । मैले डलास समाजमा नेतृत्व गरेर पनि देखाएको छु ,मलाई त्यहि रुपमा आशिर्वाद दिनु भयो भने काफी हुन्छ उनले थपे । उनले मन्तब्य राख्ने क्रममा मैले १३ वटा स्थानमा भेटघाट गर्ने क्रममा नेपाली समुदायले एक इमान्दार समाजसेवी खोजेको पाए । आफू काँग्रेसको भएकोले नेपाल सरकारसंग काम गर्न सक्छु । उनले अगाडी भने दुई बर्ष सम्म चुनाव जित्दा या चुनाव हार्दा दुख सुख र मर्दा पर्दा तपाइँहरुसंगै रहने बचनबद्धता जाहेर गरे ।

यसै गरि गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति संस्था अमेरिका ९एनआरएनए०का उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार कृष्ण जीबी पन्थले विभिन्न राज्यहरुमा भेटघाट गर्ने क्रममा त्यहाँ रहेका संघरसंस्थालाई नसमेटिएको गुनासो पाएका थियौ । त्यसलाई मध्य नजर गर्दै आज यहाँ सबैलाई प्राथमिकता दिनु परको उनले बताए । आगामी दिनमा स्थानीय संघरसंस्थासंग प्रतिस्प्रद्धा नगरी सहयोगीको रुपमा काम गर्ने बताए । पन्थले युवाहरुलाई जोड्नु पर्ने र चुनाव भनेको जीत हार हो । जिते पनि हारे पनि सदैव तपाईहरुको साथ रहने बताए । हारजीत भनेर हामी आफै विभाजित छौ । विभाजित हुँदा हाम्रा सन्ततिले हामीलाई के भन्छन । उनले सकिन्छ भने हामी सबै मिलौ किनभने यो मुनाफामूलक संस्था भएको यसबाट लिनु पर्ने केही छैन दिनु पर्ने मात्र भएको जनाए ।

महासचिवका उम्मेदवार बिनोद भट्टले मेरो सामाजिक सेवामा त्यत्रो ठूलो योगदान नभएता पनि आफू जन सम्पर्क समितिमा संलग्न भएकोले त्यहाँ आफूले काम गरेको बताए । अब टोपी खोलेर जाने प्रयास गर्दै गरेको बताए । यस संस्थाका चुनाव प्रक्रिया ,सदस्यताको बारे तथा अन्यमा यत्रतत्र प्रश्न उठेको बताए । उनले अगाडी भने हामी मतदाता मात्र बनाएका छौ सदस्यता बनाएका छैनौ भने । यसमा आफूले काम गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा अन्य विभिन्न उम्मेदवारहरूले आफ्नो मन्तब्य राखेका थिए । यसै गरि एनआरएनएका मानार्थ सदस्य द्वय प्रेम कुमार श्रेष्ठ र लोकनाथ तिवारी बोलेका थिए । कार्यक्रमको सभापतित्व बानाका संस्थापक गणेश मलेगुले गरेका थिए ।

कार्यक्रममा महाबाणिज्यदुत तथा वरिष्ठ लोकगायक प्रेम राजा महत,प्रवासी नेपाली एकता मंचका अध्यक्ष प्रभु थापा,एनआरएनए भर्जिनियाका संस्थापक मुक्ति दवाडी,वर्तमान अध्यक्ष कृष्ण सादगी ,आइसिसी सदस्य जेदु पोख्रेल,मेरिल्याण्ड शाखाका पूर्व अध्यक्ष दुर्गा श्रेष्ठ ,एनआरएनए क्षेत्रीय संयोजक राजन त्रिपाटी,एनआरएनए अमेरिकाका संचालक समिति सदस्य चित्रा केसी ,बानाका पूर्व अध्यक्ष अध्यक्ष कुलमणि आचार्य,बानाका पूर्व अध्यक्ष अनु वन्त,बानाका अध्यक्ष सुबोध पन्त तथा विभिन्न संघरसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुले बोलेका थिए । मनोरंजन स्वरुप बाल्टिमोरका कलाकार सिर्जना बिरही थापा लगायतले गीत प्रस्तुत गरिएको थियो । कार्यक्रम संचालन संचारकर्मी सतिस चापागाईले गरेका थिए ।