बढ्यो नेप्से

प्रकाशित मिति:

७ वैशाख, काठमाडौं । मंगलबार सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक झिनो अंकले वृद्धि भएको छ । दिनभर तीव्र उतारचढाव देखिए पनि कारोबार बन्द हुँदा भने ०।१० प्रतिशत अर्थात २ दशमलव ६८ अंकले मात्रै नेप्से परिसूचक बढेको छ ।

उता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि स्थिर नै देखिएको छ । प्रतिशतमा हेर्दा सेन्सेटिभमा ०।१० प्रतिशतको गिरावट देखिएको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा समेत गिरावट आएको छ । सोमबार पौने ७ अर्ब रुपैयाँको सेयर कारोबार भएकोमा मंगलबार भने ५ अर्ब ५२ करोड रुपैयाँ हाराहारीमा मात्रै कारोबार भएको छ ।