१७३६ जनामा कोरोना , ११ जनाको मृत्यु भयो

प्रकाशित मिति:

७ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८०५५ पीसीआर परीक्षणमा १६६७ र ६८३ एन्टिजेन परीक्षणमा ६९ गरी १७३६ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोना भाइरस संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २५१ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।