अर्ना बियरले पायो अन्तर्राष्ट्रिय अवार्ड

प्रकाशित मिति:

काठमाडौं – नेपालको अर्ना बियर अन्तर्राष्ट्रिय बियर अवार्ड जित्ने पहिलो नेपाली ब्रान्ड बनेको छ । संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा गत मार्च १७ मा आयोजित ‘लण्डन बियर कम्पिटिशन २०२१’ मा नेपालको अर्ना बियरले उपाधि जितेको हो ।

अर्ना बियरले गुणस्तर, उपयोगिता र प्याकेजिङमा उच्च अंक प्राप्त गरेर यो सम्मान पाएको कम्पनीले जनाएको छ । यति ब्रुअरी प्रालिले तीनवटा फरक–फरक विधामा उच्च अंक प्राप्त गरी विशिष्ट श्रेणीको अवार्ड जितेको हो । जसमा अर्ना ८ ले रजत र अर्ना लाइट बियरले काश्य पदक हासिल गर्न सफल भएका छन । लण्डन बियर प्रतिस्पर्धाले गुणस्तर लगायत यसको उत्पादन क्षमता, प्राविधिक विशेषज्ञता, एवं उपभोक्ता तथा अन्य सहभागीहरू लगायतको रोजाइको प्रतिनिधित्व गर्ने कम्पनीले जनाएको छ ।