भारतमा एकैदिन २ लाख ९४ हजार वढीमा कोरोना संक्रमण

प्रकाशित मिति:

काठमाडौं, वैशाख ८ : भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ । पछिल्ला केही दिन यता लगातार संक्रमितको संख्या वढिरहेको भारतमा पछिल्लो २४ घण्टामा थप २ लाख ९४ हजार २९० जनामा संक्रमण भएको छ । २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा हालसम्मकै धेरै हो ।

पछिल्लो वृद्धिसँगै भारतमा कोरोना संक्रमितको संख्या १ करोड ५६ लाख ९ हजार ४ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ३२ लाख ६९ हजार ८६३ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या २१ लाख ५६ हजार ५७१ छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ८२ हजार ५७० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र थप २ हजार २० जनाको मृत्यु भएको हो ।@kathamandupress