लाप्राकको नमुना बस्ती सम्पन्न

प्रकाशित मिति:

काठमाडौ– गोरखा लाप्राकको नमुना बस्ती हस्तान्त्रण गरिएको छ । २०७२ को भूकम्पको केन्द्रविन्दु बारपाक नजिकैको वस्ती लाप्राकका बासिन्दाका लागि गैरआवासीय नेपाली संघद्वारा गुम्सीपाखामा निर्मित नमुना बस्ती आज हस्तान्तरण गरिएको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवाली, हरिराज अधिकारीलगायतको उपस्थितिमा ५ सय ७३ वटा आवास र अन्य सामुदायिक पूर्वाधार हस्तान्तरण गर्न पाउँदा निकै खुसी लागेको गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले बताए ।उनले यस परियोजनामा हरेक गैरआवासीय नेपालीको तन, मन र धन परेको भन्दै सहयोग गर्नुहुने सबैमा धन्यावाद दिए ।